विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एडिबीकाे नवीकरणीय ऊर्जामा लगानी, ३० हजार घरधुरीमा विद्युत पुर्याउने योजना

ऊर्जा खबर कार्तिक १२, २०७५ 1328

काठमाडौं– नेपालको ऊर्जा विकासमा सघाउँदै आएको एसियाली विकास बैंक (एडिबी) ले पछिल्लो योजना अनुसार ३० हजार घरधुरीमा विद्युत पुर्याउने लक्ष्य राखेको छ ।

साना तथा लघुजलविद्युत, सोलार र बायु ऊर्जाबाट विद्युत पुर्याउने लक्ष्य राखेको हो । एडिबीले अहिले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत प्रणाली विस्तार योजना अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विभिन्न योजना कार्यान्वयन गर्दै आएको छ ।

ती योजना मध्ये साना तथा लघुजलविद्युत, सोलार, वायु ऊर्जा लगायत विद्युतीय स्रोतमा लगानी भइरहेको छ । एडिबीको सहयोगमा मात्र लघुजलविद्युतबाट ४.२ मेगावाट विद्युत उत्पादन हुँदैछ । यस्तै, ५ सय किलोवाटबराबरको सोलार तथा वायु मिनी ग्रिड प्रणाली विकास हुँदैछ ।

उक्त योजना पूरा भएपछि करिब ३० हजार घरधुरीमा उज्यालो पुग्ने एडिबीका आवासीय निर्देशक मुख्तोर हामुदखानोभले बताए । ‘एडिबीले नेपालको विद्युत उत्पादन, प्रसारण तथा वितरणमा सहयोग गर्दै आएको छ,’ काठमाडौंमा सोमबारदेखि सुरु भएको ३ दिने चौथो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा मन्तव्य राख्दै उनले भने,’ ‘उज्यालो नेपाल अभियानमा सघाउन नवीकरणीय ऊर्जामा समेत लगानी बढाइरहेको छ ।’

१ सय ४० मेगावाटको तनहुँ जलाशय आयोजनामा लगानी गरेको सन्दर्भ जोड्दै हामुदखानोभले भने, ‘एडिबीले विद्युत उत्पादनमा अफ ग्रिड र अन ग्रिड दुवै प्रणाली विकासमा आफूलाई संलग्न गराउँदै आएको छ । ग्रिड सोलारअन्तर्गत २५ मेगावाटको आयोजना विकासमा पनि लगानी गरेको उनले बताए ।

एडिबीले ऊर्जा सुरक्षा, गुणस्तरीय तथा पहुँचयोग्य ऊर्जा र वातावरणीय दिगोपनलाई उच्च प्राथमिकतामा राखेर लगानी गरिरहेको पनि उनको भनाइ थियो । ‘विश्वमा बढिरहेको तापमानलाई सन्तुलनमा राख्न पनि एडिबीले नवीकरणीय ऊर्जा विकासमा लगानी बढाइरहेको छ,’ उनले थपे ।

एडिबीले सन् २०३० सम्मका लागि कर्पोरेट रणनीति तयार गरेको छ । जसअनुसार सन् २०१९ देखि २०३० सम्म जलवायु परिवर्तन (क्लाइमेट फाइनान्स) मा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने लक्ष्य राखेको छ । यसमा स्वच्छ ऊर्जा उच्च प्राथमिकतामा राखिएको हामुदखानोभले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="