विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऊर्जामा एडिबीको लगानी ६३ अर्ब, साढे १२ अर्बमात्र खर्च

ऊर्जा खबर मङि्सर ०९, २०७५ 1750

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले हालसम्म नेपालको ऊर्जा विकासमा करिब ६३ अर्ब रुपैयाँ (५५ करोड ६० लाख अमेरिकी डलर) लगानी गरेको छ ।

एडिबीको लगानी जलविद्युत आयोजना, प्रसारण लाइन तथा सबस्टेसन निर्माण, प्रणाली सुदृढिकरण तथा भूमिगत केबल विस्तारमा परिचालन गरिएको छ । तर, कूल लगानीको करिब २० प्रतिशत (१२ अर्ब ६० करोड रुपैयाँ) मात्र खर्च हुन सकेको छ ।

तनहुँ जलविद्युत, विद्युत प्रसारण तथा वितरण दक्षता सुधार, सासेक विद्युत प्रणाली विस्तारलगायत आयोजना सञ्चालनमा छन् । एडिबीका अनुसार सबैभन्दा बढी प्रगति १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा भएको छ ।

एडिबीको कूल लगानीमध्ये ४४ करोड ५० लाख अमेरिकी डलर (करिब ५० अर्ब ४५ करोड रुपैयाँ) खर्च हुन सकेको छैन । यस्तै, अहिलेसम्म विभिन्न आयोजनामा जम्मा २० करोड ५० लाख डलरबराबरको ठेक्कापट्टा भएको छ ।

पछिल्लो समय ऊर्जामा लगानी थपिँदै गए पनि नेपालले खर्च क्षमतामा सुधार ल्याउन नसकेको एडिबीको टिप्पणी छ । कमजोर कार्यप्रणाली, झन्झटिलो खरिद प्रक्रिया, आयोजनामा राजनीतिक हस्तक्षेप र पटक–पटक हुने आयोजना प्रमुख सरुवाले खर्च क्षमतामा सुधार हुन नसकेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="