Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बाघथला सबस्टेसन सञ्चालन

ऊर्जा खबर जेठ २, २०७६   1742

खबर



काठमाडाैं- नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण सम्पन्न ३३/११ केभी बाघथला सबस्टेसन सञ्चालन गरेको छ । ३३ केभी बैतडी–बाघथला प्रसारण लाइनबाट लोड दिएर केभी सबस्टेसन गरिएको हो ।

दुर्गम क्षेत्रमा विद्युतीकरण गर्न तथा विद्युत सेवालाई गुणस्तरीय बनाउन नयाँ सबस्टेसन निर्माण गरेर सञ्चालन गरेको प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले बताए । उनका अनुसार सबस्टेसन सञ्चालन भएपछि जिल्लाको बुंगल नगरपालिका तथा केदारस्यूँ, वित्थडचिर, थलारा तथा दुर्गाथली गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

ad

सरकार र प्राधिकरणको लगानी रहेको सबस्टेसन निर्माण गर्न २०७४ वैशाखमा ५ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको करिब २२ महिनामा सबस्टेसन सम्पन्न गरेर सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । सब स्टेसन सञ्चालन भएपछि थप स्थानमा विद्युतीकरण गर्दै लैजाने प्राधिकरणले जनाएकाे छ ।

बबिया सबस्टेसन परीक्षण, प्रसारण लाइन तयार नहुँदा सञ्चालनमा ढिलाइ

विद्युत प्राधिकरणले सुर्खेतमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन परीक्षण गरेको छ । सबस्टेसनमा ३ एमभिएको पावर ट्रान्सफर्मर राखेर परीक्षण गरिएको हो ।

संरचना तयार भएको सबस्टेसनमा जडान भएका उपकरणको परीक्षण गरिएको प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए । उनका अनुसार तयार भएको सबस्टेसन सुर्खेत बबियाचौर लाइन सञ्चालन गरेर चार्ज गरिनेछ ।

आरके ग्रुप कम्पनीले सबस्टेसन निर्माण सम्पन्न गरेको हो । सबस्टेसन निर्माण गर्न २०७२ मा ठेक्का सम्झौता भएको पनि सिंहले बताए ।
सुर्खेदेखि बबियाचौर पुग्ने ४० किलोमिटर लामो ३३ केभी प्रसारण लाइन तयार नहुँदा सबस्टेसन चार्ज गर्न समय लाग्ने सिंहले बताए ।

‘वनको अवरोधले प्रसारण लाइनको काम सकिएको छैन,’ उनले भने, ‘पोल गाडिसकिएको छ । वन क्षेत्रमा काम गर्न स्वीकृति मिलिसकेकाले ४ महिनाभित्र लाइन तयार हुन्छ ।’

प्रसारण लाइन तयार भएपछि बबियाचौर वरपरका करिब ५ वटा गाउँपालिकामा विद्युतीकरण हुने प्राधिकरणले जनाएको छ । स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न प्राधिकरणले ठेक्का आह्वान गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस