Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बागमतीको २२ मेगावाट राष्ट्रिय प्रणालीमा जोडियो

ऊर्जा खबर चैत २७, २०७५   2609

खबर



काठमाडौं– २२ मेगावाटको बागमती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । माण्डु हाइड्रो पावर कम्पनीले मकवानपुरको भीमफेदीमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

२०७२ जेठबाट निर्माण सुरु भएको आयोजना ३ वर्षमा पूरा भई प्रणालीमा जोडिएकाे हाे । १५ दिनकाे परीक्षणपछि आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेकाे आवासीय इन्जिनियर रत्न बम्जनले बताए । उनका अनुसार गत चैत्र १ गतेबाट परीक्षण उत्पादन सुरु गरेको आयोजनाको विद्युत प्राधिकरणको कुलेखानी सबस्टेसनमा जोडिएको  छ अहिले आयोजनाले ६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

गत असारदेखि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि निर्माणधीन काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) का कारण प्रभावित हुँदा १० महिना ढिलो गरी आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा प्राइम बैंकको अगुवाईमा ११ बैंकको ऋण लगानी छ । कुल लागतका ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="