Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बागमतीकाे बाढी बस्तीमा पस्ने खतरा, सुरक्षित रहन विभागको आग्रह

ऊर्जा खबर असार २७, २०७६   510

जलस्रोत



काठमाडौं- काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेकाले बागमती नदीकाे बाढी बस्तीमा पस्ने खतरा बढेको छ । बागमती बग्ने राई गाउँ र पँधेरा दोभान क्षेत्रमा बहाबले खतराको लेबल पार गर्ने अवस्था आएकाले बाढी बस्तीमा पस्ने खतरा बढेको हाे ।

शुक्रबार अपरान्हसम्म बागमतीले खतराको संकेत पार गर्ने सम्भावना बढेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । बाढीको खतरा बढेका स्थानका स्थानीयलाई सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

ad

यस्तै, कमला र कन्काई, सप्तकाेसीलगायत ठूला नदीमा पनि पानीको बहाबले सतर्कता तह पार गरिसकेको छ । अपरान्हपछि खतरा तह पनि पार गर्ने विभागले जानकारी दिएकाे छ । देशकाे पूर्वी तथा मध्य भूभागमा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकाले शनिबार र आइतबारसमेत पानीकाे बहाब उच्च रहने विभागले अनुमान गरेकाे छ ।

वर्षाले प्रदेश १, २ र ३ का चुरे पहाड  क्षेत्रका खहरे खोलामा बाढी निरन्तर सतर्कता तहभन्दा माथि पुगेकाले सुरक्षित रहन सर्वसाधारणमा विभागले अनुरोध गरेको छ । शुक्रबार बेलुकीपछि सप्तकोशी, तमोर, दुधाकोसी, सुनकोसीलगायतका नदीमा बहाब उच्च हुने र सतर्कता तह छुने सम्भावना रहेको विभागले जनाएकाे छ । यी नदीमा पानीकाे सतह बढ्दा प्रदेश १, २ र ३ को तराई क्षेत्रमा डुबानको जोखिम देखिएको छ ।

भोलि शनिबार र आइतबार पनि देशको पूर्वी तथा मध्य भागको चुरे क्षेत्रका खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको विभागले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस