Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरण धरान वितरण केन्द्रले २ करोड बक्यौता असुल्यो

ऊर्जा खबर असार २६, २०७६   1571

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले करिब २ करोड रुपैयाँ विद्युत महसुल बक्यौता असुली गरेको छ । केन्द्रले चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको अवधिमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटी रकम असुल गरेको हो ।

लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी १ करोड ८९ लाख रुपैयाँ विद्युत महसुल असुल गरेको वितरण केन्द्र प्रमुख दिपक सापकोटाले बताए । उनका अनुसार २ हजार ३ सय ८० जना ग्राहकको लाइन काटि बक्यौता असुली गरिएको छ । बक्यौता बुझाउनेको लाइन पुनः जोडिएको छ ।

ad

महिनौसम्म विद्युत महसुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर बक्यौता असुल गरिएको सापकोटाले बताए । लाइन काटिएको ग्राहकले कार्यालयमा आएर जरिवाना सहितको बक्यौता बुझाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="