Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कीर्तिपुर वितरण केन्द्रले २ महिनामा साढे २ लाख बक्यौता असुल्यो

ऊर्जा खबर असोज ०२, २०७६   284

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले  २ महिना अवधिमा साढे २ लाख रुपैयाँ विद्युत महशुल बक्यौता असुल गरेको छ । केन्द्र विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुल गरेको हो ।

लामो समयसम्म विद्युत महशुल नबुझाउने ३७ ग्राहकको लाइन काटीएका केन्द्र प्रमुख माधव प्रसाद पौडेले बताए । उनका अनुसार लाइन काटिएका ग्राहकमध्ये ३१ जनाले जरीवानासहितको २  लाख ३८ हजार ७ सय १५ रुपैयाँ बुझाएपछि उनीहरुको लाइन पुन जोडिएको छ । बाँकी ६ जनाले बक्यौता बुझाएपछि उनीहरुको पनि लाइन जोडिनेछ ।

ad

यस्तै, केन्द्रले ४ ग्राहकलाई कालोसूचीमा राखी ९ हजार २ सय रुपैयाँ असुल गरेको छ । केन्द्रले चुहावट नियन्त्रण अभियानबाट पनि करिब २ लाख ३५ हजार ६ सय रुपैयाँ असुल गरेको छ ।

वितरण केन्द्र अन्तर्गत अहिले १.२ प्रतिशत चुहावट छ । चुहावट नियन्त्रण अभियानलाई तिब्रता दिएसँगै हुकिङ, प्राविधिक चुहावटमा कमी आएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="