Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाल्पा वितरण केन्द्रले साढे १० लाख बक्यौता असुल्यो

ऊर्जा खबर भदौ ०४, २०७६   315

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले साढे १० लाख विद्युत महशुल बक्यौता असुली गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७५/७६ को अत्य सम्मको अवधिमा विद्युत महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटी रकम असुली गरेको हो ।

लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको पाल्पा  वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनका अनुसार एक वर्षको अवधिमा ३५ ग्राहकको लाइन काटिएको छ । केन्द्रले आव २०७४/७५ मा ८६ ग्राहकको लाइन काटेको थियो ।

ad

एक वर्ष अवधिमा लाइन काटिएका ग्राहकले जरीवाना सहितको १० लाख ४७ हजार ३ सय १५ रुपैयाँ विद्युत महशुल बुझाएपछि लाइन पुनःजोडिएको छ । गत वर्ष १४ लाख ७९ हजार ५ सय ६६ रुपैयाँ विद्युत महशुल बक्यौता असुली भएको थियो ।

महिनौसम्म विद्युत महशुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर बक्यौता असुल गरिएको केन्द्रले जनाएको छ । लाइन काटिएका ग्राहकले कार्यालयमा आएर जरिवाना सहितको बक्यौता बुझाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस