Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बलाँच-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट ७५ किलोमिटर पूरा

ऊर्जा खबर चैत २८, २०७५   1807

खबर



काठमाडौं– १३२ केभी बलाँच-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट ७५ किलोमिटर पूरा भएको छ । गत असोजबाट सुरु गरिएको दोस्रो सर्किटको तार तान्ने काम आधाभन्दा बढी सकिएको हो ।

ad

१ सय ३१ किलोमिटर लामो प्रसारण लाइनको दोस्रो सर्किट चालु वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख नवराज ओझाले बताए । उनका अनुसार अत्तरियादेखी स्याउनेसम्म पर्ने जोखिमपूर्ण खण्डमा तार तान्ने काम अन्तिम चरणमा पुगेको छ ।

अत्तरियादेखि गोदावरी र डडेलधुरा खण्डबाहेकका स्थानमा तार तान्ने काम भइरहेको पनि उनले बताए । ‘अत्तरिया-गोदावरी खण्डको ६ किलोमिटर क्षेत्रमा स्थानीयले धान बाली लगाएकाले काम रोकेका थियौं,’ उनले ऊर्जा खबरसँग भने,‘यो खण्डको काम अब सुरु हुन्छ ।’

ad

डडेलधुरामा स्थानीयसँगको मुआब्जा विवादले साढे ४ किलोमिटर खण्डको काम रोकिएको छ । अन्य खण्डको सबै काम पूरा गरेर विवादित क्षेत्रमा केन्द्रीत हुने ओझाले बताए ।

नेपाली ठेकेदार कम्पनी सिक्मा कन प्रालिले दोस्रो सर्किटको काम गरिरहेको छ । दोस्रो सर्किट २०७६ फागुनभित्र सम्पन्न गर्ने तालिका भए पनि ८ महिना अघि सम्पन्न गर्ने गरी काम गरिरहेको कम्पनीको दाबी छ ।

दोस्रो सर्किट सम्पन्न गर्न ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।  याे सर्किट सम्पन्न भएपछि ८० मेगावाट विद्युत थप प्रसारण गर्न मिल्ने गरी लाइनको क्षमता विस्तार हुनेछ ।

चमेलिया जलविद्युत केन्द्रको ३० मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माण गरिएको बलाँच-अत्तरिया महाकाली कोरिडोरलाई उत्तर दक्षिण जोड्ने पहिलो र एक मात्र प्रसारण लाइन हो । यो लाइनमार्फत चमेलियासँगै निजी क्षेत्रबाट निर्माण भएको ८.७ मेगावाटको नौगाड जलविद्युत केन्द्रको विद्युत पनि जोडिएको छ । निर्माण सम्पन्न भएकाे  ८ मेगावाटकाे माथिल्लाे नाैगाड एक महिनाभित्र जाेडिँदैछ ।

६४.५ मेगावाटका कालंगा बेसिनका आयोजना, ८६ मेगावाटको चमेलिया छत्तिसगाड, ४० मेगावाटको माथिल्लो चमेलियासहित २ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="