Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कृष्णनगर वितरण केन्द्रले कालोसूचीका ग्राहकबाट साढे २० लाख असुल्यो

ऊर्जा खबर भदौ ०५, २०७६   515

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले कालोसूचीका ग्राहकबाट साढे २० लाख रुपैयाँ असुल गरेको छ । केन्द्रले वर्षाैंसम्म विद्युत महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर कारबाही गरी रकम असुलेकाे हाे ।

एक वर्ष अवधि (आर्थिक वर्ष २०७५/७६ ) मा कालोसूचीमा रहेका ग्राहकबाट २० लाख ४१ हजार ७ सय १० रुपैयाँ बराबरकाे रकम असुलेकाे वितरण केन्द्र प्रमुख लक्ष्मीकेशर अगन्जाले बताए । उनका अनुसार कालोसूचीका ग्राहकबाट ४६ लाख ४८ हजार २ सय ३६ रुपैयाँ उठ्न बाँकी रहेकामा उक्त रकम असुल भएकाे हाे ।

ad

अझै २६ लाख ६ हजार ५ सय २६ रुपैयाँ केन्द्रले उठाउन बाँकी छ । केन्द्रले आव २०७४/७५ मा २१ लाख ६५ हजार १ सय ४६ रुपैयाँ उठाउनु पर्नेमा १ लाख २९ हजार रुपैयाँ भन्दा बढी रकम असुल्न सकेकाे थिएन ।

यस्तै, पाल्पा वितरण केन्द्रले पनि गत आवमा कालोसूचीमा रहेका ग्राहकबाट करिब १ लाख ३३ हजार रुपैयाँ असुलेकाे । ५ लाख ५ हजार रुपैयाँ बाँकी रहेकामा केन्द्रले थाेरै रकममात्र उठाउन सकेकाे हाे ।

प्रतिक्रिया दिनुहोस