Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बंगालादेशले १०६२ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप्यो

ऊर्जा खबर माघ २५, २०७५   2832

अन्तर्राष्ट्रिय



काठमाडौं– बंगालादेशले १ हजार ६२ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप गरेको छ । निर्माण सम्पन्न भएका ६ पावर प्लान्टबाट उत्पादन भएको विद्युत प्रणालीमा थप भएकाे हाे ।

२ सय ८२ मेगावाटको सिराजगन्ज, २ सय २५ मेगावाटको भोला, २ सय मेगावाटको चाँदपुर पावर प्लान्टबाट उत्पादन सुरु भएको छ । १ सय ५० मेगावाटको आसुगन्ज, १ सय ५ मेगावाटको रुप्सा र १ सय मेगावाटको जुल्दा पावर प्लान्टको तेस्रो युनिट सञ्चालन भइ उत्पादन सुरु भएकाे हाे ।

ad

बंगालादेशले ९ वटा सबस्टेसन पनि पूरा गरेर चार्ज गरेको छ ।  एक विशेष कार्यक्रम गरेर  निर्माण सम्पन्न भएका ६ पावर प्लान्ट र ९ सबस्टेसन सञ्चालनकाे उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री शेख हसिनाले पावर प्लान्ट र सबस्टेसनको उद्घाटन गरिन् ।

प्रसारण प्रणालीमा १ हजार ६२ मेगावाट विद्युत थप भएसँगै बंगालादेशकाे प्रसारण प्रणालीमा जाेडिएकाे विद्युतकाे परिमाण २० हजार ८ सय ८५ मेगावाट पुगेकाे छ । अब बंगालादेशका ९२ प्रतिशत जनतामा विद्युत सेवा पुगेकाे छ ।

पछिल्लो १० वर्ष अवधिमा मात्रै बंगालादेशले १ सय वटा पावर प्लान्टको निर्माण सम्पन्न गरेर प्रसारण प्रणालीमा जाेडेकाे छ ।

इनर्जी बाङ्लाबाट अनुवाद 

प्रतिक्रिया दिनुहोस