Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बंगालादेशको विद्युत उत्पादन १२ हजार मेगावाट नाघ्यो

ऊर्जा खबर बैशाख १५, २०७६   1427

अन्तर्राष्ट्रिय



काठमाडौं– बंगालादेशको विद्युत उत्पादन १२ हजार मेगावाट नाघेको छ । बंगालादेशले आन्तरिक विद्युत उत्पादन १२ हजार ५७ मेगावाट पुर्याएकाे हो ।

यो विद्युत उत्पादनको क्षेत्रमा अहिलेसम्मकै उच्च परिमाण भएको त्यहाँको ऊर्जा विकास बोर्डका प्रवक्ता सैफुल हसन चौधरीले बताए । उनका अनुसार विद्युत उत्पादनले नयाँ रेकर्ड कायम गरेको दिन गत बुधबार देशभर लोडसेडिङ भएन ।

ad

बंगालादेशको जडित क्षमता २० हजार मेगावाट भए पनि सन् २०१८ को सेप्टेम्बरसम्मको उच्च विद्युत उत्पादन परिमाण ११ हजार ६ सय २३ मेगावाटमात्रै थियो ।

सन् २००९ यता अवामी लिग पार्टीले सरकारकाे नेतृत्व लिएपछि विद्युत उत्पादन गर्ने प्लान्टको संख्या २७ बाट बढेर १ सय ८ पुगेको पनि उनले बताए । आन्तरिक उत्पादनको परिमाण बढेपछि माग र आपूर्ति व्यवस्थापनमा सहज भएको बोर्डले जनाएको छ ।

आन्तरिक उत्पादनबाहेक भारतबाट १ हजार १ सय ६० मेगावाट विद्युत आयात गरेर माग व्यवस्थापन गरिएकाे छ । अबको १ वर्षमा माग बढेर २४ हजार मेगावाट पुग्ने अनुमान छ । अहिले त्यहाँको ९२ प्रतिशत जनसंख्यामा विद्युत सेवा पुगेको छ ।

सन् २०४० सम्म विद्युतको माग बढेर ६० हजार मेगावाट पुग्ने प्रक्षेपण छ । परमाणु ऊर्जा, जलविद्युत, कोइला र प्राकृतिक ग्यासलगायत स्रोतबाट विद्युतको माग व्यवस्थापन गर्ने योजना छ । उपलब्ध हुने ऊर्जाको ३५ प्रतिशत कोइला, ३५ प्रतिशत प्राकृतिक ग्यास, १० प्रतिशत नवीकरणीय ऊर्जा, ११ प्रतिशत आयात , ६ प्रतिशत आणविक ऊर्जा र ३ प्रतिशत जलविद्युत उत्पादनबाट माग व्यवस्थापन गर्ने योजना छ ।

अन्तर्राष्ट्रिय एजेन्सीहरुबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="