Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बंगालादेशले २ हजार ८२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने

ऊर्जा खबर माघ १६, २०७५   1575

अन्तर्राष्ट्रिय



काठमाडौं– बंगालादेश सरकारले विद्युत सेवा विस्तार गर्न २ हजार ८२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०२० भित्र ग्रामीण भेगमा साढे १९ लाख कनेक्सन विस्तार गर्ने उद्देश्यले लाइन  निर्माण गर्न लागिएको हो ।

ad

बंगालादेश ग्रामीण विद्युतीकरण बोर्ड (बिआरइबी) मार्फत प्रसारण लाइन परियोजना अघि बढाइनेछ । बंगालादेश सरकारले ‘सन २०२१ भित्र सबै घरमा विद्युत’ भन्ने नारा दिएर सुरु गरेको अभियान कार्यान्वयन गर्न लाइन निर्माण गरिने बोर्डले जनाएको छ ।

बोर्डले ‘ग्रामीण विद्युतीकरण विस्तार’ परियोजना अन्तर्गत लाइन विस्तारको काम अघि बढाउने योजना अघि सारेको छ । विद्युत सेवा विस्तार गर्न बोर्डले ६१ जिल्लामा प्रसारण लाइन तथा कनेक्सन तयार गर्नेछ । परियोजना पूरा गर्न ६ हजार ९ सय ५० करोड टाका खर्च हुने अनुमान छ ।

ad

बोर्ड अन्तर्गत बंगालादेशमा अहिले २ करोड २४ लाख ७५ हजार ५ सय ५२ ग्राहकले विद्युत सेवा लिँदै आएका छन् । सन् २०२१ सम्ममा सबै घरधुरीमा विद्युत सेवा पुर्याउने बंगालादेश सरकारको लक्ष्य छ ।

बंगालादेशको प्रसारण प्रणालीमा अहिले २० हजार मेगावाट विद्युत प्रवाह हुन्छ । ९० प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन सन् २०३० भित्र ३४ हजार मेगावाट विद्युत आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

इनर्जी बाङ्लाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="