Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बंगालादेशमा एकै दिन ७ आयोजनाबाट विद्युत उत्पादन, ८ सय मेगावाट प्रणालीमा थप

ऊर्जा खबर कार्तिक २७, २०७६   4769

अन्तर्राष्ट्रिय



काठमाडौं । बंगालादेशले एकै दिन ७ विद्युत आयोजनाबाट उत्पादन सुरु गरेको छ । चालू वर्षमा निर्माण सम्पन्न भएका करिब ८ सय मेगावाटका आयोजनाबाट उत्पादन सुरु गरिएको हो ।

प्रधानमन्त्री शेख हसिनाले बुधबार ‘भिडियो कन्फ्रेन्स’ मार्फत यी आयोजनाको औपचारिक उद्घाटन गरेर उत्पादन सुरु गरेको बंगालादेशी सञ्चार माध्यमले जनाएका छन् ।यी आयोजनाको विद्युत प्रणालीमा थपिँदा बंगालादेशको कूल ऊर्जा उत्पादन २२ हजार ५ सय ६२ मेगावाट पुगेको छ । साथै, करिब ९४ प्रतिशत जनसंख्यामा विद्युत सेवा पुगेको छ ।

यी  आयोजनाकाे विद्युत प्रणालीमा जाेडिएपछि १० जिल्लाका २३ उपजिल्लामा सतप्रतिशत विद्युतीकरण भएकाे बंगालादेश पावर डेभलपमेन्ट बोर्डका सञ्चालक सैफुल हसन चौधरीले बताए । बुधबारबाट बोगुरा, फरिदपुर, गैबन्धा, हविगन्ज, झेनैदाह, नातोरे, नेत्रकोना र पिरोजपूर जिल्लाका २३ उपजिल्लाका सबै जनतामा विद्युत सेवा पुगेको उनले दाबी गरे ।

उनका अनुसार ३ सय मेगावाटको अन्वारा, १ सय १३ मेगावाटको रंगपुर, १ सय १० मेगावाटको कर्नाफुली विद्युत आयोजनाले उत्पादन सुरु गरेका छन् । १ सय ५ मेगावाटको सिकलबाहा, ५४ मेगावाटको पटिया, १ सय मेगावाटको गाजिपुर र ८ मेगावाटको तेतुलिया( सौर्य विद्युत) आयोजनाले पनि उत्पादन थालेका छन् ।

सन् २०२१ भित्र कूल ऊर्जा उत्पादन २४ हजार मेगावाट पुर्याउन विद्युत आयोजनाको निर्माण तीव्र पारिएको सैफुलले बताए । आन्तरिक विद्युत उत्पादन बढाएर अबको ३ वर्षभित्र देशभर पूर्ण विद्युतीकरण गर्ने बंगालादेशको याेजना छ । सन् २०३० भित्र ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

बंगालादेशी समाचार एजेन्सीहरूबाट अनुवाद

प्रतिक्रिया दिनुहोस