Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३५ दिनभित्र ऋण चुक्ता नगरे भैरवकुण्ड हाइड्रो पावर कम्पनी लिलामी गर्ने बैंकको चेतावनी

ऊर्जा खबर असोज १२, २०७५   10099

बैंक



काठमाडौं– ३५ दिनभित्र लिएको ऋण चुक्ता नगरे भैरवकुण्ड हाइड्रो पावर कम्पनी लिलामी गर्ने बैंकहरुले चेतावनी दिएका छन् । सिन्धुपाल्चोकमा सञ्चालित ३ मेगावाटको भैरवकुण्ड जलविद्युत केन्द्र निर्माण गर्न लिएको  ऋण भुक्तानीमा अटेरी गरेकाे भन्दै ऋणदाता ५ बैंकले कम्पनी लिलामीको चेतावनी दिएका हुन् ।

सानिमा बैंकको अगुवाईमा ऋण लगानी गर्ने बैक अफ काठमाडौं, एनएमबी, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले सूचना सार्वजनिक गरी ३५ दिनभित्र ऋण चुक्ता गर्न कम्पनीलाई ताकेता गरेका छन् । दिएको समय सीमाभित्र ऋण चुक्ता नगरे कम्पनीलाई कालो सूचीमा राखेर लिलामी प्रक्रिया सुरु गर्ने बैंक तयारी छ ।

ad

कम्पनीले ऋण नतिरे धितो राखिएको जलविद्युत केन्द्र र कम्पनीको चल/अचल सम्पति बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ तथा अन्य प्रचलित कानुनको दायरामा रहेर लिलाम प्रक्रिया अघि बढाउने सूचनामा भनिएको छ ।

२०७१ जेठबाट व्यवसायिक विद्युत उत्पादन सुरु गरेको जलविद्युत केन्द्र जुरे पहिरो र भूकम्पको दोहोरो मारमा परेको थियो । पहिरो र भूकम्पबाट क्षतिग्रस्त भएपछि पुननिर्माण गरेर सञ्चालन गरिएको जलविद्युत केन्द्रको लागत ७३ करोड नाघेपछि कम्पनी बैंकको ऋण चुक्ता गर्न असमर्थ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस