Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालकाे जलविद्युत दक्षिण एसियाकै ब्याट्री स्टाेरेजः मन्त्री पुन

ऊर्जा खबर माघ २, २०७५   1481

खबर



नयाँ दिल्ली– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले नेपालको जलविद्युत दक्षिण एसियाकै ब्याट्री स्टोरेज हुन सक्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय दिगो विकास शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

‘नेपालमा जलविद्युतको विकास गरेर दक्षिण एसियाको विद्युत माग व्यवस्थापन गर्न सम्भव छ,’उनले भने,‘ठूला जलाशय आयोजना निर्माण गरी उत्पादन बढाएर विद्युत वितरण प्रणालीलाई दिगो र स्थायी बनाउन संयुक्त पहल हुनुपर्छ ।’ दक्षिण एसियाली देशको विद्युत माग र आपूर्तिको अवस्था फरक रहेको बताउँदै पुनले उपलब्ध जलस्रोतको अधिकतम उपयोग गरी उत्पादनको परिमाण बढाएर उपभोक्तालाई सस्तो दरमा विद्युत सेवा दिन सकिने बताए ।

उनले नेपालको विद्युतको सीमा पार व्यापारका लागि भारतसँग भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न आवश्यक संरचना निर्माणको प्रक्रिया अघि बढेको बताए । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिम्ष्टेकका सदस्य राष्ट्र तथा हालै बंगालादेशसँग गरेको समझदारीको मर्म बमोजिम एउटै ग्रिडमा आवद्ध हुन काम गरिरहेको पुनको भनाइ छ ।

उनले कोइला र डिजेल प्लान्टबाट उत्पादन हुने ऊर्जाले वातावरणीय प्रदुषण बढाइरहेकाले जलविद्युतको विकास नै यसको उत्तम विकल्प भएकोमा जोड दिए । पुनले जलविद्यूत उत्पादन तथा सिँचाइ क्षेत्रको दिगो उपलब्धताका लागि दक्षिण एसियालाई क्षेत्रीय तथा सीमापार विद्युत व्यापारलाई एउटै ग्रिडमा जोडेर विश्वमै सफल नमूना बढाउन सकिने सम्भावना औंल्याए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="