विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बेत्रावती–स्याफ्रुबेँसी सडक, सेनाले हस्तान्तरण गरेको ६ महिनासम्म सञ्चालन भएन

ऊर्जा खबर मङि्सर ०९, २०७५ 2456

काठमाडौं– उच्च महत्त्वका साथ निर्माण तथा विस्तार गरिएको बेत्रावती–स्याफ्रुबेँसी सडक नेपाली सेनाले हस्तान्तरण गरेको ६ महिनासम्म सञ्चालन गरिएको छैन ।

निर्माण पूरा भए पनि के कारणले सञ्चालन नभएको हो भन्ने कुरामा स्वयं सडक विभाग नै आश्चार्य प्रकट गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको सडक काम पूरा गरी गत जेठ ६ गते नै सरकारलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणका बेला रक्षा मन्त्री इश्वर पोखरेलले सडक उद्घाटन गरेका थिए । एक महिनासम्म सवारी सञ्चालन भए पनि त्यसपछि बन्द भएको स्थानीयले बताए । सवारी आवागमनबारे पछिल्लो जानकारी नभएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । ‘सडक चौडा नभएकाले माथिबाट ढुंगा झर्ने समस्याले बन्द गरेको भन्ने अपुष्ट जानकारी छ,’ उनले भने ।

सडक विभागको बेवास्ता, सर्वसाधारणलाई हैरानी

विभागका प्रवक्ता मुक्ति गौतमसँग सडक सञ्चालन किन नभएको भन्ने जिज्ञासा राख्दा यसबारे जानकारी नभएको बताए । ‘पहिरो गएर बन्द भएको भन्ने जानकारी थियो, अहिले किन रोकियो थाहा भएन,’ उनले आइतबार ऊर्जा खबरसँग भने ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको दूरी ५४ किलोमिटर छ, तर बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण गर्दा झन्डै २६ किलोमिटर दूरी छोटो हुन्छ । सडक सञ्चालन नहुँदा स्याफ्रुबेँसी वा टिमुरे जाने सवारी धुन्चेबाट घुमेर जान्छन् । यसले यात्रुले त सास्ती भोगेकै छन् । दिनहुँ सयौं लिटर डिजेल तथा पेट्रोल खपत बढेको छ ।

गल्छी–त्रिशूली–बेत्रावती ३६ किलोमिटर खण्डको सिंगल लेन सडक तथा पुल लबल लेनमा स्तरोन्नती गर्ने योजना पनि छ । यो कामले पनि अहिले गति लिएको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="