Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रधानमन्त्री ओलीबाट भेरी–बबईको सुरुङ ‘ब्रेक थ्रु’, एक वर्षअघि नै काम सकियो

ऊर्जा खबर बैशाख ०३, २०७६   2168

जलस्रोत



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भेरी–बबई डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘बे्रक थ्रु’ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अहिले ११ बजे (मंगलबार) बाँकी रहेको करिब २ सय मिटर सुरुङ रिमोटले ब्लास्ट गरी पूरा भएको घोषणा गर्नेछन् ।

भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण सुरु भएको आयोजनाको काम निर्धारितm समयअघि नै वारपार (ब्रेक थ्रु) भएको छ । प्रधानमन्त्री ओलीले बैशाख १ गते नै सुरुङको अन्तिम भाग पूरा गर्ने तालिका थियो । तर, प्रधानमन्त्रीको समय अभावले आजलाई सारिएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव सञ्जय शर्मा लगायत कर्मचारी आयोजनास्थल सुर्खेतको हात्तीखाल पुगेका छन् । ४.२ डायमिटरको १२.२ किलोमिटर लामो सुरुङबाट भेरीको करिब ४० घनमिटर प्रतिसेकेण्डबराबरको पानी बबईमा मिसाउने आयोजनाको लक्ष्य छ ।

बबईमा ३ सय ३२ घनमिटर प्रतिसेकेण्ड पानी बग्छ । यसमा भेरीको पानी मिसाउँदा बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने र ४६ मेगावाट विद्युत उत्पादन गरेर त्यस क्षेत्रमा वितरण गर्ने आयोजनाको लक्ष्य छ ।

हिउँद वा सुख्खा याममा ८ देखि १० क्यूमेक्स पानी बबईमा मिसाउने गरी अध्ययन भइरहेको आयोजना निर्देशक सञ्जिव बरालले बताए । बाँध तथा विद्युतगृह निर्माणमा समय लाग्ने हुँदा सुरुङ सञ्चालन गर्न पनि हिउँदको पानी अस्थायी बाँध निर्माण गरी वा लिफ्टिङ गरेर बबई मिसाउने योजना छ ।

बर्खामा बबईमा पर्याप्त पानी हुने भए पनि हिउँदमा अपुग हुन्छ । यसका लागि अस्थायी बाँध बाधेर सुरुङबाट पानी ल्याएर बबईमा खसाल्ने र यसबाट हुने सिँचाइको प्रभाव पनि हेर्ने योजना हो । बाँध र विद्युतगृह निर्माण गर्ने ठेक्का प्रक्रियाको काम भइरहेकाले अबको १५ दिनभित्र आयोजना ठेक्का आह्वान गर्ने तयारीमा छ ।

यो आयोजना गत फागुन २ गतेदेखि प्रधानमन्त्री र ऊर्जा मन्त्री पुनले संयुक्तरूपमा शुभारम्भ गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ मा पारिएको छ । यसमा कर्णाली प्रदेशलाई पनि समेटेर अघि बढ्ने पुनले बताएका छन् ।

२०७४ कात्तिक २० गतेबाट टिबिएमले सुरुङ खन्न सुरु गरेको थियो । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्ड अप्ठ्यारो भाग (रिस्की जोन) मानिएको थियो । टिबिएमले यो खण्ड सजिलै पार गर्यो । सुरुङ खनिरहेको चीनको चाइना ओभरसिज ग्रुप कम्पनी (कोभेक) ले पनि भौगर्भिक अवस्था राम्रो देखिएकाले समयभन्दा अघि नै निर्माण पूरा हुने बताएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको आयोजनाको सबै काम (सुरुङ, बाँध, विद्युतगृह) आव २०७७/७८ मा पूरा गर्ने लक्ष्य थियो । त्यतिबेला आयोजनाको लागत १६ अर्ब ४३ करोड रुपैयाँ अनुमान गरिएको थियो । अहिले डिजाइन तथा अवधि संशोधन गर्दा आव २०७९/८० मा पूरा गर्ने लक्ष्य छ । जसअनुसार लागत ३३ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="