Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक वर्षअघि नै भेरी–बबईको सुरुङ पूरा, ‘ब्रेक थ्रु’ गर्न दुई सय मिटर बाँकी राखियो

ऊर्जा खबर चैत २४, २०७५   1778

जलस्रोत



काठमाडौं– भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको सुरु भएको ‘भेरी–बबई डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण पूरा भएको छ ।

सुरुङ वारपार (ब्रेक थ्रु) गर्नका लागि करिब दुई मिटर बाँकी राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी बैशाख १ गते सुरुङको अन्तिम भाग पूरा गर्ने तालिका थियो । तर, प्रधानमन्त्रीको समय अभावले केही दिन सर्ने भएको छ ।

बैशाख पहिलो साताभित्र ब्रेक थ्रु गर्ने योजना रहेको आयोजनाले जानकारी दिएको छ । ४.२ डायमिटरको १२.२ किलोमिटर लामो सुरुङ लक्षित समयभन्दा एक वर्षअघि नै पूरा भएको छ । भेरीको करिब ४० घनमिटर प्रतिसेकेण्डबराबरको पानी बबईमा मिसाउने आयोजनाको उद्देश्य हो ।

बबईमा ३ सय ३२ घनमिटर प्रतिसेकेण्ड पानी बग्छ । यसमा भेरीको पानी मिसाउँदा बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने र ४६ मेगावाट विद्युत उत्पादन गरेर त्यस क्षेत्रमा वितरण गर्ने आयोजनाको लक्ष्य छ ।

हिउँद वा सुख्खा याममा ८ देखि १० क्यूमेक्स पानी बबईमा मिसाउने गरी अध्ययन भइरहेको आयोजना निर्देशक सञ्जिव बरालले बताए । बाँध तथा विद्युतगृह निर्माणमा समय लाग्ने हुँदा सुरुङ सञ्चालन गर्न पनि हिउँदको पानी अस्थायी बाँध निर्माण गरी वा लिफ्टिङ गरेर बबई मिसाइने योजना छ ।

बर्खामा बबईमा पर्याप्त पानी हुने भए पनि हिउँदमा अपुग हुन्छ । यसका लागि अस्थायी बाँध बाधेर सुरुङबाट पानी ल्याएर बबईमा खसाल्ने र यसबाट हुने सिँचाइको प्रभाव पनि हेर्ने योजना हो । बाँध र विद्युतगृह निर्माण गर्ने ठेक्का प्रक्रियाको काम भइरहेकाले अबको १५ दिनभित्र आयोजना ठेक्का आह्वान गर्ने तयारीमा छ ।

यो आयोजना गत फागुन २ गतेदेखि प्रधानमन्त्री र ऊर्जा मन्त्री पुनले संयुक्तरूपमा शुभारम्भ गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ मा पारिएको छ । यसमा कर्णाली प्रदेशलाई पनि समेटेर अघि बढ्ने पुनले बताएका छन् ।

२०७४ कात्तिक २० गतेबाट टिबिएमले सुरुङ खन्न सुरु गरेको थियो । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्ड अप्ठ्यारो भाग (रिस्की जोन) मानिएको थियो । टिबिएमले यो खण्ड सजिलै पार गर्यो । सुरुङ खनिरहेको चीनको चाइना ओभरसिज ग्रुप कम्पनी (कोभेक) ले पनि भौगर्भिक अवस्था राम्रो देखिएकाले समयभन्दा अघि नै निर्माण पूरा हुने बताएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको आयोजनाको सबै काम (सुरुङ, बाँध, विद्युतगृह) आव २०७७/७८ मा पूरा गर्ने लक्ष्य थियो । त्यतिबेला आयोजनाको लागत १६ अर्ब ४३ करोड रुपैयाँ अनुमान गरिएको थियो । अहिले डिजाइन तथा अवधि संशोधन गर्दा आव २०७९/८० मा पूरा गर्ने लक्ष्य छ । जसअनुसार लागत ३३ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="