Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भेरी–बबईको सुरुङ चैत दोस्रो साता छेडिने, चालू आवभित्र बाँधको ठेक्का

ऊर्जा खबर माघ २४, २०७५   3497

जलस्रोत



काठमाडौं– देशकै आकर्षक भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ करिब ११.१ किलोमिटर पूरा भएको छ । टनेल बोरिङ मेसिन (टिबिएम) ले खनिरहेको सुरुङ लक्षित समयअघि नै पूरा हुँदैछ ।

ad

कामको यही गति रहिरहे आगामी चैत दोस्रो साता सुरुङ निर्माण पूरा (ब्रेक थ्रु– छेडिने)’ हुने आयोजना निर्देशक सञ्जिव बरालले बताए । ‘सुरुङ लक्ष्यभन्दा चाँडै पूरा हुने भयो, अब यही गतिमा आयोजनाको बाँध र विद्युतगृहको काम अघि बढाउन चुनौती छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘चालू आर्थिक वर्षभित्र बाँधको ठेक्का सम्झौता गर्ने लक्ष्य छ ।’

बरालका अनुसार चालू आवभित्र खरिद प्रक्रियाका सबै काम टुंग्याएर आगामी आवको हिउँदमा बाँधमा पानी फर्काउने वा निर्माण सुरु गर्ने लक्ष्य छ । यसरी काम गर्न नसके निर्धारित समयमा आयोजनाको निर्माण पूरा हुँदैन ।

ad

आयोजना निर्माणलाई तीन चरणमा बाँडिएको छ– पहिलो सुरुङ, दोस्रो बाँध र तेस्रो विद्युतगृह । अब सुरुङ पूरा हुँदैछ । बाँध र विद्युतगृहको डिजाइन करिब पूरा गरिएको छ । १२.२ किलोमिटर सुरुङ निर्माण सुरु गर्दा करिब ६ किलोमिटर नछिचोल्दासम्म अरू काम नगर्ने आन्तरिक योजना थियो ।

२०७४ कात्तिक २० गतेबाट टिबिएमले सुरुङ खन्न सुरु गरेको थियो । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्ड अप्ठ्यारो भाग (रिस्की जोन) मानिएको थियो । टिबिएमले यो खण्ड सजिलै पार गर्यो । सुरुङ खनिरहेको चीनको चाइना ओभरसिज ग्रुप कम्पनी (कोभेक) ले पनि चैत दोस्रो सातासम्म सुरुङको काम सक्ने जनाएको छ ।

भेरी नदीको पानी १२.२ किलोमिटर सुरुङबाट ल्याई सुर्खेतको हात्तीखालमा निर्माण हुने विद्युतगृहमा खसाली बबईमा मिसाइन्छ । यहाँबाट ४६ मेगावाट विद्युत उत्पादन हुनेछ । बबईमा थप भएको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।

आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको आयोजनाको सबै काम (सुरुङ, बाँध, विद्युतगृह) आव २०७७/७८ मा पूरा गर्ने लक्ष्य थियो । त्यतिबेला आयोजनाको लागत १६ अर्ब ४३ करोड रुपैयाँ अनुमान गरिएको थियो । अहिले डिजाइन तथा अवधि संशोधन गर्दा आव २०७९/८० मा पूरा गर्ने लक्ष्य छ । जसअनुसार लागत ३३ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="