body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भेरी–बबईमा सिक्टा आतंक

ऊर्जा खबर पुष २३, २०७५   5348

जलस्रोत



समाचार विश्लेषण

काठमाडौं– भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ करिब १०.३ किलोमिटर पूरा भइसकेको छ । यही गतिमा काम भए आगामी माघभित्र सुरुङ ‘ब्रेक थ्रु (छेडिने)’ हुने आकलन छ ।

ad

सुरुङको काम पूरा हुँदै गर्दा बाँध तथा विद्युतगृह निर्माणको तयारी सुरु गरिएको छैन । सुरुङ सकिने तर अरू पूर्वाधार नबने आयोजनाको लक्ष्य पूरा हुँदैन । आयोजनाबाट ४६ मेगावाट विद्युत उत्पादन गरी विद्युतगृहबाट निस्केको पानी बबई नदीमा मिसाइन्छ । र, बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।

सुरुमा आयोजना निर्माणलाई तीन चरणमा बाँडिएको थियो, पहिलो सुरुङ, दोस्रो बाँध र तेस्रो विद्युतगृह । अब सुरुङ पूरा हुँदैछ । उता बाँध र विद्युतगृहको डिजाइन टुंग्याइएको छैन । आयोजनाले गत मंसिर २१ गते (डिसेम्बर ७, २०१८) बाँध र विद्युतगृह अध्ययन गर्न बल्ल परामर्शदाता नियुक्तिको सूचना निकालेको छ ।

१२.२ किलोमिटर सुरुङ निर्माण सुरु गर्दा करिब ६ किलोमिटर नछिचोल्दासम्म अरू काम  नगर्ने आन्तरिक योजना थियो । २०७४ कात्तिक २० गतेबाट टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ खन्न सुरु गरेको थियो । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्ड अप्ठ्यारो भाग (रिस्की जोन) मानिएको थियो । टिबिएमले यो खण्ड सजिलै पार गर्यो । समस्या नदेखिएपछि कर्मचारी उत्साहित भए । तर, कामै सुरु नभएको पाटो बिर्सिएजस्तो भयो ।

कमजोर भूगोल अनुमान गरेजस्तो नभेटिनु सकारात्मक पक्ष थियो । आयोजना निर्माणमा खटिएका कर्मचारीका लागि उत्साह थियो । सुरुङ खनिरहेको चीनको चाइना ओभरसिज ग्रुप कम्पनी (कोभेक) का लागि समेत वातावरण अनुकूल भयो ।

यद्यपि, सुरुङसँगै अन्य काम अघि बढाउन नसक्नु आयोजनाको कमजोर पक्ष देखियो । उता ६ किलोमिटर सुरुङ नखन्दासम्म अन्य काम सुरु नगर्ने योजना रहे पनि बाँध तथा विद्युतगृहको अध्ययन, डिजाइन र खरिदसम्बन्धी  प्रक्रिया तयारी अवस्थामा राख्नुपथ्र्यो । यसमा आयोजना चुकेको देखिन्छ ।

उल्लेखित कारणले पनि अब भेरी–बबईको निर्माणमा नकारात्मक असर देखिन थालेका छन् । अझ निर्माणमा भाँजो हालेर विकास रोक्ने नियतका व्यक्ति तथा समूहका लागि त यो उत्तम मौका हुनेछ । सुरुङ छिचोलिने तर अन्य काम सुरु नै नहुने अवस्थाले आयोजना तथा यहाँका कर्मचारीप्रति जनमानसको समेत नकारात्मक दृष्टि पर्ने देखिन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अचानक आयोजना निर्देशक परिवर्तन गर्यो । यसले पनि आयोजनामा हुने ढिलाईलाई बल पुर्यायो । यद्यपि, अघिल्लो नेतृत्वले डिजाइन रिभ्यु (पुनरावलोकन), वातावरणीय अध्ययन र खरिद प्रक्रियासम्बन्धी कागजात तयारी अवस्थामा राख्न भ्याएको भए समस्या टड्कारो हुने थिएन ।

अहिले आयोजनाको निर्माणले गति लिन नसक्नुको कारण डिजाइन रिभ्यु तथा वातावरणीय अध्ययन नसकिनुमात्र होइन । यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूत छिरेको छ । अख्तियारले सिक्टा सिँचाइको मुख्य नहर निर्माणमा आर्थिक अनियमितता भएको भन्दै संलग्न कर्मचारीलाई कारबाही सिफारिस गर्यो । यो नै भेरी–बबई निर्माणको मुख्य बाधक बनेर उभिएको छ ।

जटिल भूगोल, प्रतिकूल अवस्था र स्थानीयको विरोध चिरेर सिक्टामा काम गरेका कर्मचारीलाई अख्तियारको निर्णयले निराश बनाएको छ । १६ जना कर्मचारी सिक्टामा कारबाहीमा परेका छन् । यसको कारण हो, इन्जिनियरहरूले जोखिम मोलेर निर्माण अघि बढाउनु ।

राज्य तथा आयोजनाले नलिएको जोखिम र चुनौती इन्जिनियरले लिएर सिक्टामा काम गर्दा कारबाही हात लाग्यो । यही नियति भेरी–बबईमा नदोहोरिएला भन्ने छैन । समयमै काम पूरा गर्न इन्जिनियरले सम्भावित समस्या र जटिलता चिर्ने प्रयास गरे पनि त्यो राज्य संयन्त्र र अख्तियारलाई मान्य हुँदैन । यसो हुँदा किन जोखिम लिएर काम गर्ने भन्ने प्रश्न भेरी–बबईका इन्जिनियरमा उब्जिएको छ ।

केही गरौं भन्ने आँट र उत्साहका साथ आयोजना निर्देशकको जिम्मेवारी लिएर भेरी–बबई पुगेका युवा इन्जिनियर सञ्जिव बराल अहिले काम कसरी सुरु गर्ने भन्ने अन्योल र द्विविधामा छन् । उनले लिएको चुनौती तथा जोखिमको मूल्य भविष्यमा के राज्यले चुकाउला ? काम गर्दै जाँदा देखिएका समस्याको गाँठो फुकाउन उनले गरेका कामको ग्यारेन्टी सरकार बस्ला वा नबस्ला ? सिक्टामा जस्तै कारबाहीमा परियो भने ? जस्ता प्रश्नले बरालको नेतृत्वलाई काम नगर्न प्रोत्साहित गरेको देखिन्छ ।

यहाँ आतंक छ । भय र त्रास छ । उता जागिर खानुको जिम्मेवारीको बोझिलो भारी छ । यस्तो आतंकित वातावरण मढारिरहने हो भने भेरी–बबईको थप निर्माण अलपत्र हुने पक्का छ । सुरुङको काम पूरा हुने तर बाँध र विद्युतगृह निर्माण बेवारिसे छोडिनेछ । यसो हुँदा यहाँबाट न विद्युत उत्पादन हुन्छ न बबईमा पानी थपिएर बर्दियामा किसानका खेतमा पानी पुग्नेछ । यो सिक्टाको अर्को नमुना हुनेछ । यसरी एकपछि अर्को राष्ट्रिय गौरवका आयोजना असफल बन्दै जाँदा विकास निर्माणमा सरकारको लक्ष्य कसरी पूरा होला ?

सरकार समृद्धिको गीत गाइरहने । निर्माणमा अवरोध आइरहने । र, उत्पन्न समस्या समाधानमा सहयोगी नबन्ने हो भने भेरी–बबई निर्माण गरेर आर्थिक विकासमा संघ र प्रदेशबीच सन्तुलन कायम गर्ने परिकल्पनामात्र हुनेछ । र, सरकारलाई जनताको भावना र समृद्धिले गिज्याउनेछ ।

होइन, सरकारले समृद्धि चाहेको हो । जनताको खुसी चाहेको हो भने पहिलो काम कर्मचारीमा उत्साह भर्न जरुरी छ । उनीहरूबाट कसरी छिटो काम गराएर नतिजा निकाल्न सकिन्छ भन्नेमा अग्रसर हुनुपर्छ । उत्पन्न समस्या समयमै समाधान गरिदिनुपर्यो । अख्तियारको राँके भूत पन्छाउने जिम्मा लिनुपर्यो ।

अहिले केही स्थानीय र कामदारले सेवासुविधाका विषयमा काम रोकेको भन्ने सुनिएको छ । आयोजनाले यस्ता मसिना समस्या तत्तत् ठाउँबाटै समाधान गर्नुपर्यो । आयोजना निर्माणमा देखिने दृष्य–अदृष्य तत्त्वलाई पाखा लगाउन स्थानीय राजनीतिक दल, तिनका कार्यकर्ता, समाजसेवी र नागरिक अगुवा एकजुट हुनुपर्यो । विकासको सपना देख्ने तर निर्माणमा अवरोध गर्नेलाई उचित अस्त्र प्रयोग गरेर ठेगान लगाउनुपर्यो ।

उल्लेखित काममा मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागको निरन्तर निगरानी आवश्यक छ । कामकै दौरान कर्मचारीले बदमासी गरेको भेटिए त्यस्तालाई निगरानीमा राखेर दण्डब्ँप्त् कामको भार थपिदिनुपर्छ । आयोजना पूरा नहुँदासम्म नैतिक, मनोवैज्ञानिक, सामाजिक र शारीरिक आघात नपुग्ने गरी सुक्ष्म ढंगले उसका क्रियाकलाप मूल्यांकन गर्ने संयन्त्र बन्नुपर्छ । न कि आयोजनालाई कोमामा पुर्याउने अख्तियार होइन । यसो हुँदा सिक्टा होस् वा भेरी–बबई वा अन्य जुनसुकै आयोजनाले राखेको लक्ष्य पूरा होला !

सम्बन्धित समाचार

अब सिक्टामा पानी बग्दैन !

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="