Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुई गाउँपालिका जोड्ने भोर्ले पुल ९ वर्षदेखि अलपत्र, सडक विभागको बेवास्ता

सागर केसी पुष ०४, २०७५   2826

सडक



दोलखा- बिगू र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल निर्माण सुरु भएको ९ वर्षदेखि अलपत्र अवस्थामा छ । परामर्शदाता (कन्सल्ट्यान्ट) ले गलत डिजाइन गरेपछि निर्माणाधीन पुलको काम अघि बढ्न सकेको छैन ।

नेपाल कन्सल्ट्यान्ट प्रालिले साविक लादुक र सुरी गाविस जोड्ने तामाकोसी नदीमाथि भोर्लेमा पुलको डिजाइन गरेको थियो । तर, सुरुमै गलत डिजाइन गरेका कारण कामले गति लिन सकेको छैन । परामर्शदाताले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटक–पटक काम सुरु गर्ने तयारी गरे पनि ५२ टन तौल धान्ने क्षमता अपुग हुँदा ९ वर्षसम्म काम सकिएको छैन ।

परामर्शदाताले करिब १ सय ६४ टन स्टिल फेब्रिकेसनको सिफारिस गरेको थियो । २ फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टन हिसाब निस्किएपछि डिजाइन गलत भएको पत्ता लागेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । दुवैतर्फ फुटपाथसहितको एक लेनको पुल करिब साढे ४२ मिटर लामो डिजाइन गरिएको छ ।

२०६६ सालमा करिब ६ करोड लागतमा रौताहा÷ओमबुद्ध जेभीले पुल निर्माण गर्न ठेक्का पाएको थियो । ठेकेदारले पुल फाउन्डेसन सक्ेक्ँे ७ वर्षसम्म डिभिजन कार्यालयले पुलको तौलबारे टुंगो लागेको छैन । समयमा पुल पूरा नभएपछि मार्बूको खानी खोलामा निर्माणाधीन खानी खोला–१ जलविद्युत आयोजनाले आफ्नै लगानीमा ५ वर्षअघि भोर्लेसहित ४ ठाउँमा बेलिब्रिज बनाएर काम गरेको छ ।

ठेक्का सम्झौता गर्दा काबुबाहिरको परिस्थितिको कल्पना गरी सार्वजनिक खरिद ऐनले व्यवस्था गरेअनुसार १५ प्रतिशतसम्म ‘भेरिएसन अर्डर’ मार्फत तौल र दर फेरबदल गर्न सक्ने नियम छ । यसैका आधारमा डिभिजन कार्यालयले तौल र दर फेरबदल गरी करिब १ सय ९५ टनमा पुनः डिजाइन गरेको स्रोतले बतायो । करिब ३१ टन बढेको तौलको भुक्तानी गर्न १ करोड करोड रुपैयाँ बजेटसमेत स्वीकृत गरिएको जनाइएको छ ।

समयमा पुल निर्माण नहुँदा दुवै गाउँपालिकामा आवतजावतमा समस्या देखिएको छ । उता यस क्षेत्रमा निर्माण भइरहेका खानीखोला, खारेखोला, घट्टेखोला, गुरुम्फी खोला र तिनेखुखोलामा निर्माणाधीन आधा दर्जन जलविद्युत आयोजनालाई समस्या परेको छ ।

कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिस गर्ने परामर्शदातालाई कारबाही गर्न सकेको छैन । ७ वर्षअघि पुलको दाँयाबाँया उठाएको पिलरको रडहरू खिया लागेर खाइसकेको छ । गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जसको जे समस्या भए पनि काम चाँडो हुनुपर्ने बताए ।

पुल बनाउँदा थपिएको पुलको पाता कसले व्यहोर्ने भन्नेमा अर्को विवाद छ । यसको समस्या सडक डिभिजन कार्यालय चरिकोट हुँदै सडक विभागसम्म पुग्यो । ठेकेदारले अदालतमा मुद्दा समेत हाल्यो । तर, परामर्शदातालाई कारबाही गरेर भेरियसनबापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदारले एक वर्षअघि मुद्दा फिर्ता लिए पनि काम अघि बढेको छैन ।

‘डिजाइन गलत भएकोमा परामर्शदाताले पनि गल्ती स्वीकार ग¥यो,’ ठेकेदार प्रतिनिधि ग्याल्बो तमाङले भने, ‘थपिएको फलामको भुक्तानी गर्नमै कार्यालयले आलटाल गरिरहेको छ ।’ पुलको काम सुरु हुँदा फलामे पाताको बजार मूल्य १ सय ३० रुपैया थियो । अहिले ३ सय २० रुपैयाँ पुगेको छ । तर, यो बढेको मूल्य नै कसले व्यहोर्ने भन्नेमा विवाद छ ।

काम सुरु हुँदा डिभिजन कार्यालय चरिकोटका प्रमुख दयाकान्त झा थिए । उनीपछि ५ जना प्रमुख फेरिए । केही दिनअघि मात्रै नयाँ प्रमुखमा धर्मेन्द्र झा नियुक्त भएका छन् । उनले सबैसँग समन्वय गरेको पुलको काम अघि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="