Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ हजार घनमिटरको वायाे ग्यास प्लान्ट निर्माण हुँदै, सिलिण्डर र पाइप लाइनबाट वितरण गरिने

ऊर्जा खबर श्रावण १६, २०७६   2375

नवीकरणीय ऊर्जा



काठमाडौं- झापाको विर्तामोडमा ४ हजार घनमिटरको वायो ग्यास प्लान्ट निर्माण हुने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘नवीकरणीय ऊर्जा विस्तार’ कार्यक्रमअन्तर्गत कन्काई, विर्तामोड र अर्जुनधारा नगरपालिकाको फोहोर उपयोग गरी ग्यास उत्पादन गर्न प्लान्ट निर्माण गर्न लागिएको हो ।

ad

वायो ग्यास प्लान्ट निर्माण गर्न ३ नगपालिकाबीच सम्झौता भएको केन्द्रका कार्यक्रम व्यवस्थापक लवकुमार थापाले बताए । उनका अनुसार बैंक ग्यारेन्टीकाे कागजात बुझाएपछि केन्द्रले अनुदान सम्झाैता गर्नेछ ।

प्लान्ट निर्माणका लागि केन्द्रले कूल लागतको ४० प्रतिशत हुन आउने ५ कराेड ४६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने उनले बताए । बाँकी ६० प्रतिशत लगानीकर्ताकाे हुनेछ । अनुदानबाहेककाे लागत रकम जुटाउन २ हजार स्थानीयलाई सेयर दिएर सार्वजनिक निजी साझेदारी (पिपिपि) माेडलमा प्लान्ट निर्माण गरिनेछ । प्लान्ट सम्पन्न गर्न १३ कराेड ६६ लाख २४ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

२०७७ जेठभित्र सम्पन्न गर्ने गरी प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको पनि उनले बताए । प्लान्ट सञ्चालनमा आएपछि दैनिक ४० टन फोहोर खपत हुनेछ । प्लान्ट निर्माणपछि उत्पादन हुने ग्यास सिलिन्डरमा भरेर ठूलाे हाेटल  तथा करिब १ हजार स्थानीय घरधुरीमा वितरण गर्ने याेजना छ ।

केन्द्रकाे कार्यक्रम अन्तर्गत अहिले देशभर करिब डेढ सय ठूला वायाे ग्यास प्लान्ट निर्माणाधीन छन् । २०७० सालबाट सुरु भएको कार्यक्रम आगामी पुसमा सम्पन्न हुँदैछ । ग्यासमाथिकाे परनिर्भरता कम गरी आयात घटाउने तथा कार्वन उत्सर्जन कम गरी वातावरण जाेगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे केन्द्रले जनाएकाे छ ।

कार्वन उत्सर्जन घटाउन वायाे  ग्यास प्लान्टकाे भूमिका महत्त्वपूर्णा हुने हुँदा सञ्चालनमा रहेका तथा निर्माणाधीन प्लान्टलाई पनि स्वच्छ विकास तन्त्र (सिडिएम) अन्तर्गत दर्ता गर्ने प्रक्रिया केन्द्रले अघि बढाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="