Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चालू वर्ष साढे २ सय बढी ठूला बायोग्यास परियाेजना निर्माण हुने

ऊर्जा खबर श्रावण ३१, २०७६   2290

नवीकरणीय ऊर्जा



काठमाडाैं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षमा साढे २ सय बढी ठूला वायोग्यास परियाेजना निर्माणको प्रक्रिया अघि बढाएको छ । केन्द्रले जैविक ऊर्जामा आधारित कार्यक्रमअन्तर्गत स्थानीय तह, सहकारी संस्था, कृषि फर्म तथा व्यवसायीसँगको लगानी साझेदारीमा २ सय ८० वायोग्यास परियोजना निर्माण प्रक्रिया अघि बढाएको हो ।

ठूला वायोग्यास परियोजना प्रस्तावित जिल्लाबाट सम्भाव्यता अध्ययनका लागि प्रस्ताव मागेको केन्द्रको जैविक ऊर्जा शाखाले जनाएको छ । शाखाका अनुसार ५० वटा ठूला वायो ग्यास परियोजना अघि बढाउन स्थानीय तह, सहकारी, कृर्षि फार्म, व्यावसायिबाट आवेदन मागिएको हो ।

ad

यस्तै, फोहोरबाट वायोग्यास तथा प्राङ्गारिक मल उत्पादन गर्ने गरी १० ठूलो परियोजनाका लागि आवेदन मागिएको छ । नगरपालिका तथा गाउँपालिकाबाट उत्पादन हुने फोहारको उपयोग गरेर उत्पादन हुने वायोग्यास सिलिन्डरमा भरेर स्थानीयलाई बिक्री गर्ने तथा पाइपलाइन विस्तार गरेर घरघरमा वितरण गर्ने उद्देश्यले परियाेजना निर्माण गर्न लागिएको हो ।

यसैगरी, संस्थागत तथा सामुदायिक प्रयोजनका लागि १ सय २० ठूला वायोग्यास परियाेजना निर्माण गरिने भएको छ । स्थानीय तह, सहकारी संस्था, कृषि फर्म तथा व्यावसायीबाट संस्थागत तथा सामुदायिक वायोग्यास परियोजना निर्माण गर्न शाखाले आवेदन माग गरेको हो ।

१ सय वटा सहरी तथा व्यावसायिक वायो ग्यास परियोजना पनि चालु आवमा अघि बढाइने भएको छ । सहरी क्षेत्रमा उत्पादन हुने फोहोरको उपयोग हुने गरी परियोजना निर्माण गर्न आवेदन मागिएको केन्द्रले जनाएको छ । कृषिमा आधारित डेरी र लोक्ता प्रोसेसिङका लागि तथा जैविक ऊर्जामार्फत तापिय प्रणाली जडान गरेर ग्यासिफायर जडानका लागि पनि केन्द्रले आवेदन मागेको छ ।

स्थानीयतहसँगको सहकार्यमा १५ सय मिटरभन्दा बढी उचाईका दलित, जनजाती, पिछडिएका वर्ग तथा विपन्न घर परिवारको भान्छा धुवाँमुक्त बनाउन ४ हजार वटा २ तथा ३ मुखे सुधारिएको चुलो र १० हजार वटा फलामको चुलो वितरण गर्ने केन्द्रको योजना छ । केन्द्रको नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ तथा नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि २०७३ बमोजिम जैविक ऊर्जा प्रणालीसम्बन्धि कार्यक्रम कार्यान्वयन हुनेछ ।

केन्द्रकाे कार्यक्रममा साझेदारी गर्न इच्छुक व्यक्ति, संघ संस्था, स्थानीय तह, उपभाेक्ता समिति तथा व्यावसायीले आवश्यक कागजातसहित आगामी भदौ २९ गतेभित्र पुग्ने गरी आवेदन दिनुपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="