Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कृषि अनुसन्धान परिषदमा बन्याे वायो ग्यास प्लान्ट, ६० कर्मचारीलाई पाइप लाइनबाट ग्यास

ऊर्जा खबर श्रावण २६, २०७६   1665

नवीकरणीय ऊर्जा



काठमाडौं- चीतवनको रामपुरस्थित नेपाल कृषि अनुसन्धान परिषदमा २ सय घनमिटरको वायो ग्यास प्लाट निर्माण भएको छ । परिषदको गाई अनुसन्धान केन्द्रमा पालेका गाईको गोबर उपयोग गरी ग्यास उत्पादन गरेर वितरण गर्ने उद्देश्यले प्लान्ट निर्माण गरिएको हो ।

ad

प्लान्टबाट उत्पादन हुने वायो ग्यास परिषदमा कार्यरत ६० कर्मचारीको क्वाटरमा वितरण गरिने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रम व्यवस्थापक लवकुमार थापाले बताए । उनका अनुसार प्लान्टले उत्पादन गर्ने ग्यास पाइप लाइनबाट क्वाटरको भान्छासम्म पुर्याएर वितरण गरिनेछ ।

१ करोड ४४ लाख रुपैयाँ लागतमा निर्माण भएको प्लान्टमा केन्द्रले ५० प्रतिशत अनुदान सहयोग गरेको पनि उनले बताए । निर्माण थालेको ४ महिनामा प्लान्ट सम्पन्न भएको हो ।

अहिले यो प्लान्ट परीक्षणको चरणमा छ । सुरुवातमा प्लान्ट सञ्चालन गर्न २ लाख किलो गोबर आवश्य पर्ने थापाले बताए । ग्यास वितरण गर्न कर्मचारीको क्वाटरमा पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

केन्द्रको कार्यक्रम अन्तर्गत अहिले देशभर करिब डेढ सय ठूला वायो ग्यास प्लान्ट निर्माणाधीन छन् । २०७० सालबाट सुरु भएको कार्यक्रम आगामी पुसमा सम्पन्न हुँदैछ । ग्यासमाथिको परनिर्भरता कम गरी आयात घटाउने तथा कार्वन उत्सर्जन कम गरी वातावरण जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

कार्वन उत्सर्जन घटाउन वायो ग्यास प्लान्टको भूमिका महत्त्वपूर्णा हुने हुँदा सञ्चालनमा रहेका तथा निर्माणाधीन प्लान्टलाई पनि स्वच्छ विकास तन्त्र (सिडिएम) अन्तर्गत दर्ता गर्ने प्रक्रिया केन्द्रले अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="