Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत महसुल तिर्न अटेर गर्ने २ सय ८६ ग्राहक कारबाहीमा

ऊर्जा खबर कार्तिक १, २०७६   1719

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने २ सय ८६ ग्राहकलाई कारबाही गरेकाे छ । केन्द्रले गत साउनेदेखि कात्तिक १९ गते (मंगलबार) सम्मकाे अवधिमा महसुल नतिर्ने ग्राहककाे लाइन काटेर कारबाही गरेकाे हाे ।

महसुल तिर्न ६० दिन म्याद कटेका सबै ग्राहककाे धमाधम लाइन काटिएकाे केन्द्र प्रमुख राजीव सिंहले बताए । उनका अनुसार लाइन काटिएपछि ग्राहकले महसुल तिरिरहेका छन् ।

ad

साढे ३ महिनाकाे अवधिमा ग्राहककाे लाइन काटेर २ कराेड रुपैयाँ बढीकाे महसुल केन्द्रले उठाएकाे छ । साउनमा १८, भदौमा १ सय १२, असोजमा १ सय ३  र कात्तिक १९ गते (मंगलबार) सम्म ५३ ग्राहकको लाइन काटिएकाे केन्द्रले जनाएकाे छ ।

यस वितरण केन्द्र अन्तर्गत प्राधिकरणका ६७ हजार ६ सय ६१ ग्राहक छन् । केन्द्रले ११ केभी रानी सबस्टेसन र ३३ केभी टंकी सबस्टेसनमार्फत विद्युत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="