Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सलाम एयरकाे रक्तदान कार्यक्रम सम्पन्न

ऊर्जा खबर जेठ २, २०७६   478

बैंक



काठमाडाैं- सलाम एयरलायन्सले एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । एयरलायन्सले मंगलबार लाजिम्पाटस्थित कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेकाे हाे ।

रक्तदान कार्यक्रममा सहभागी ७५ जनाले रक्तदान गरेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सवैलालाई धन्यवाद ज्ञापन गरे ।

ad

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौंका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए।

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशमा कार्यरत एवं ती देशमा घुम्न जाने नेपाली दाजुभाई तथा दिदिबहिनीलाई लक्षित गरि सलाम एयरले आइएमई ट्रभलसँगकाे सहकार्यमा हवाई सेवा सञ्चालन गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="