body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सानिमा माईले १५ प्रतिशत लाभांश बाँड्ने

   असोज १६, २०७५        4650        ऊर्जा खबर

काठमाडौं– सानिमा माई हाइड्रो पावर कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को खुद नाफा तथा संचित मुनाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो ।

सम्पूर्ण सेयर सदस्यले ५ प्रतिशत नगर र १० प्रतिशत बोनस सेयर पाउने छन् । कम्पनीको अागामी कात्तिक ८ गते हुने सातौं वार्षिक साधारणसभाबाट पारित भएपछि नगद तथा सेयर साभांश  वितरण गरिनेछ ।

कम्पनीको गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गराउने निर्णय गरेको थियो । आगामी असोज २५ गतेसम्म कायम हुने सेयरधनीले कम्पनीको नगद तथा बोनस सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले इलाममा निर्माण गरेको २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड जलविद्युत केन्द्र सञ्चालित छन् ।

कम्पनीकाे साताैं वार्षिक साधारणसभा कात्तिक ८ गते राजधानीकाे सुकेधारास्थित सेलिब्रेसन हाइटमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7