Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुटवल पावर कम्पनीले ७७ करोड बढी खुद नाफा कमायो

श्रावण ३१, २०७६   668

खबर



काठमाडौं- बुटवल पावर कम्पनी (बिविसी) ले ७७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासिक अवधि सकिँदा ७७ करोड ८२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

ad

बिपिसीले आर्जन गरेको यो मुनाफा रकम अघिल्लो आवको तुलनामा करिब ७ करोड ५९ लाख ४७ हजार रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आवमा ७० करोड २२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट करिब ६८ करोड ३० लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ६६ करोड ६३ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य शिर्षकबाट पनि करिब ६१ करोड ९ लाख रुपैयाँ आम्दानी गरको छ ।

युनाइटेड मोदीले पनि ९ करोड खुद नाफा कमायो

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले करिब ९ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा करिब २ करोड २८ लाख रुपैयाँले बढी हो ।

कम्पनीले पर्वतमा सञ्चालित १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३१ करोड ५९ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १ करोड १७ लाख ८३ हजार रुपैयाँले बढी हो । कम्पनीले अन्य शिर्षकबाट पनि ४२ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

रिडी हाइड्रो पावरको नाफा ४६ लाख ६५ हजार

रिडी हाइड्रोपावर डेपलपमेन्ट कम्पनीले गत वर्षको चौथो त्रैमाससम्मको अवधिमा ४६ लाख ६५ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो वर्षको तुलनामा ३२ लाख ५८ हजार रुपैयाँले बढी हो ।

कम्पनीले विद्युत बिक्रीबाट करिब ८५ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, अन्य शिर्षकबाट करिब १६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल हाइड्रोको नाफा १ करोड ९१ लाख

नेपाल हाइड्रो डेपलोपर कम्पनीको नाफा १ करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४ लाख ८५ हजार रुपैयाँले कम हो । कम्पनीले अघिल्लो वर्ष १ करोड ९६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । कम्पनीले अघिल्लो वर्ष १० करोड ७२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत वर्षको चौथो त्रैमाससम्मको अवधिमा ९ करोड ४० लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

युनियन हाइड्रोपावर घाटामा

युनियन हाइड्रोपावर कम्पनी १ करोड ७५ लाख ७४ हजार रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष ४ करोड २६ लाख ३७ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले अघिल्लो वर्षको तुलनामा २ करोड ५० लाख ६३ हजार रुपैयाँले नोक्सान घटाएको हो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी भने अघिल्लो वर्षको तुलनामा बढाएको छ । कम्पनीले अघिल्लो वर्ष विद्युत बिक्रीबाट २ करोड ८१ लाख २६ हजार रुपैयाँ आम्दानी गरेमा गत वर्ष कम्गपनीले ७ करोड १८ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अन्य शिर्षकबाट पनि ३५ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

माउन्टेन हाइड्रो नेपाल पनि घाटामा
माउन्टेन हाइड्रो नेपाल कम्पनी पनि घाटामा छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक अवधि पूरा हुँदाको वित्तीय विवरणअनुसार कम्पनी १ करोड ६१ लाख ६८ हजार रुपैयाँले घाटामा रहेको हो । यो कम्पनीले निर्माण गरेको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना चालु वर्षमा मात्रै प्रसारण प्रणालीमा जोडिएकाले नाफा आर्जन गर्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="