Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बूढीगण्डकीलाई अनिश्चित बनाउने सरकारको षडयन्त्र : नेपाली काँग्रेस

ऊर्जा खबर असोज २३, २०७५   4045

खबर



काठमाडौं– बूढीगण्डकी चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णयको विरोध गर्दै प्रतिपक्ष नेपाली काँग्रेसले यसमा सरकारले षडयन्त्र गरेको आरोप लगाएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने आधार हुँदा–हुँदै विदेशीलाई दिएको भन्दै विरोध गरेको हो ।

नेपाली काँग्रेस कार्यसमितिको आइतबार बसेको बैठकले सरकारले बदनियतपूर्ण ढंगले निर्णय गरेको निष्कर्ष निकालेको छ । आइतबारको बैठक राति ११ बजेसम्म बसेकाले सोमबार ढिलोमात्र विज्ञप्ति जारी गरी चिनियाँ कम्पनीलाई आयोजना दिएको विषय विरोध गर्दै औपचारिकरूपमा बाहिर ल्याएको हो ।

मन्त्रिपरिषदको असोज ५ गतेको बैठकले आयोजना चीनको चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई इपिसी–एफ (अध्ययन, खरिद, निर्माण र आर्थिक व्यवस्थापन) मोडलमा निर्माण गर्न दिने निर्णय गरेको थियो । यसको कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ– परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो । त्यसका लागि जनताको लगानी सहभागिताको प्रक्रिया समेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेको बेला हठात गेजुबा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्य र आपत्तिजनकरूपमा लिएको छ ।

कुनै परियोजना निर्माण कसैलाई जिम्मा लगाउन यससम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । तर, कुनै प्रक्रिया नअपनाई बिनाप्रतिस्पर्धा नयाँ निर्णय भएको काँग्रेसको ठहर छ । गलत मनसाय साथ हामी आफैंले बनाउन सक्ने परियोजना अरूलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम रहेको पनि औंल्याएको छ ।

कार्यसमिति बैठकले आयोजनामा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्र भएको निचोड निकालेको छ । यसप्रति जनसमुदायलाई सजग रहन पनि काँग्रेसले अपिल गरेको छ ।

स्वदेशी पुँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै आयोजना अघि बढाइन पनि कांग्रेसले माग गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मंसिर ८ गते आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो ।

देउवा सरकारको निर्णयसँग आयोजना नेपाल विद्युत प्राधिकरणलाई निर्माणको जिम्मा दिइएको थियो । साथै, तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले स्वदेशी लगानीमा निर्माण गर्ने मोडल तयार गरेको थियो ।

सम्बन्धित समाचारहरू

ओली र प्रचण्डको दबाबमा बूढीगण्डकी फेरि गेजुबालाई बेचियो, ५ राजनीतिक दलालको मुख्य भूमिका

बूढीगण्डकी र मन्त्री पुनको पराजय !

सरकारकाे सर्त नमाने बूढीगण्डकीमा सिजिजिसीसँग सम्झौता हुँदैन : मन्त्री पुन

बूढीगण्डकी बेचिँदा सुतेको प्रतिपक्ष !

अभूतपूर्व ‘बूढीगण्डकी’ र जनताको लगानी

श्री ३ को हुकुमबाट गेजुबालाई बूढीगण्डकी

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिएको विषय छानबिन गर्न संसदीय समितिहरू ताते

विज्ञहरूले भने– ‘कमिसन’ को खेलमा बूढीगण्डकी बेच्ने निर्णय भयो

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="