Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बस दुर्घटनामा माथिल्लो तामाकोसी आयोजनामा कार्यरत २ मजदुरको मृत्यु

ऊर्जा खबर चैत ०१, २०७५   620

खबर



काठमाडौं– दोलखामा भएको बस दुर्घटनामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत २ मजदुरको मृत्यु भएको छ । १५ मजदुर घाइते भएका छन् ।

आयोजनाको ठेकेदार चिनियाँ सिनो हाइड्रो कम्पनीको बा४ख ४५७३ नम्बरको बस दुर्घटना हुँदा चौकुने-३, सुर्खेत स्थायी घर भएका ३८ वर्षिय दिनेश थापा र मर्स्याङ्दी -३, लमजुङका ४४ वार्षिय हिराप्रसाद मिजारको मृत्यु प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनाको चरिकोटमा उपचार भइरहेको छ । गम्भिर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ । बसमा ३० मजदुर सवार थिए । सामान्य घाइतेको गोंगरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

मजदुर बोकेको बस आयोजनास्थलतर्फ जाँदै गर्दा बिगु गाउँपालिका–१, नयाँ बाटोमा शुक्रबार बिहान ७.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । गुडिरहेको बस सडकबाट २० मिटर तल खसेको थियो ।

बस दुर्घटनापछि मृतकका परिवारलाई सव बुझाउन तथा घाइतेहरुको उपचार गर्न ठेकेदारले आयोजना स्थलमा काम रोकेको छ । अवस्था सामान्य भएपछि काम सुचारु हुने आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="