Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल–भारत ऊर्जामन्त्री भेट : बुटवल–गोरखपुर प्रसारण लाइनको गाँठो फुकाउने सहमति

दुर्गा लामिछाने भदौ २७, २०७६   674

छापा



नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यू बुटवल–न्यू गोरखपुर प्रसारण लाइन) निर्माणमा देखिएको गाँठो फुकाउन दुवै देश सहमत भएका छन् । नेपालले आफ्नो भूमिमा पर्ने प्रसारण लाइन आफै निर्माण गर्ने तथा भारतीय भूमिमा पर्ने प्रसारण लाइनमा पनि ५० प्रतिशत लगानी गर्ने प्रस्ताव यसअघिको ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकमा राखेको थियो । बिहीवार राजधानीमा ऊर्जामन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्यमन्त्री आरके सिंहबीचको बैठकमा उक्त विषयमा छलफल भएको र दुवै मन्त्री नेपालको प्रस्तावलाई आगामी जेएससी वैठकमा टुंगो लगाउन सहमत भएको बैठकका एक सहभागीले आर्थिक अभियानलाई बताए ।

‘आगामी जेएससी बैठकमा न्यू बुटवल–न्यू गोरखपुर प्रसारण लाइनमध्येको भारतीय भूमिमा दुवै देशको ५०/५० प्रतिशतको लगानी निर्माण गर्ने प्रारम्भिक सहमति भएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा बैठकका एक सहभागीले भने । यसअघिको जेएससी बैठकमा नेपालको यही प्रस्तावमा भारतीय पक्ष सहमत नभएकाले निर्णय हुन सकेको थिएन । बिहीवारको बैठकमा आउँदो जेएससी र सहसचिवस्तरीय (जेडब्ल्यूजी) बैठक आगामी असोज २७ र २८ गते भारतको बैंगलोरमा बस्ने तय भएको छ । उक्त बैठकमा न्यू बुटवल–न्यू गोरखपुर प्रसारण लाइन निर्माणको मोडल, इनर्जी बैंकिङ, पावर ट्रेडिङ लगायत विषय टुंग्याउनेबारे छलफल भएको बैठकका सहभागी एवम् नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

ad

इनर्जी बैंकिङका सम्बन्धमा विश्वस्त हुन नेपाली पक्षलाई भारतीय विद्युत् राज्यमन्त्रीले आग्रह गरेको अधिकारीले बताए । ‘राज्यमन्त्रीले आफू दिल्ली फर्किनासाथ अन्तरदेशीय प्रसारण लाइन सम्बन्धी नीतिमा इनर्जी बैंकिङको विषय समेटिने भएकाले भारत इनर्जी बैंकिङमा अगाडि बढ्ला कि नबढ्ला भनी द्विविधामा नरहन आग्रह गर्नुभयो,’ अधिकारीले भने ।

अधिकारीका अनुसार आगामी जेएससी बैठकमा न्यू बुटवल– न्यू गोरखपुर प्रसारण लाइनको निर्माण मोडालिटी टुंग्याउनुका साथै बाँकी ९ ओटा अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउने विषयमा पनि छलफल हुने तय भएको छ ।

त्यसैगरी, भारत सरकारको कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) निर्माण गरिरहेको अरुण थ्री जलविद्युत् आयोजना (९०० मेगावाट) को मुनि पर्ने तल्लो अरुण जलविद्युत् आयोजना निर्माणमा पनि भारतीय पक्षले इच्छा देखाएको छ । ऊर्जामन्त्री पुनको यसअघि भएको भारत भ्रमणमा भारतीय पक्षले राखेको उक्त प्रस्ताव बिहीवारको बैठकमा पनि दोहो¥याएको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । ‘अरुण थ्री मुनिको उक्त आयोजना बनाउन पाए आफूहरूलाई सस्तो पर्ने भन्दै आफूहरूलाई दिन आग्रह गर्नुभयो,’ अधिकारीले भने । उक्त आयोजनामा परेका प्रस्तावको लगानी बोर्डले अध्ययन गरिरहेको छ ।

भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना क्षेत्रमा पर्ने केही जग्गाको विषय नेपाल सरकारले सहजीकरण गरिदिए जीएमआरले नै निर्माण गर्ने भारतीय विद्युत् राज्यमन्त्री सिंहले बताए । यदि त्यति गर्दा पनि जीएमआरले बनाउन नसके भारतकै अन्य कुनै कम्पनीले आयोजना निर्माण गर्ने पनि राज्यमन्त्री सिंहले वचन दिए ।

मन्त्री पुनले नेपालले पनि भारतले जस्तै विद्युत् व्यापार गर्न पाउनुपर्छ भनी राखेको प्रस्तावमा भारतका राज्यमन्त्री सिंहले आफू दिल्ली जानासाथ यस विषयलाई पनि टुंग्याउने बताएका छन् ।

अभियान दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="