Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुटवल–गोरखपुर प्रसारण लाइनबाट ४४ सय मेगावाट विद्युत निर्यात योजना

ऊर्जा खबर श्रावण ०२, २०७६   2620

खबर



काठमाडौं– सरकारले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट झन्डै ४ हजार ४ सय मेगावाट विद्युत भारत निर्यात गर्ने योजना बनाएको छ ।

ad

उक्त प्रसारण लाइन निर्माण हुँदा नेपालतर्फ पर्याप्त विद्युत हुने भएकाले निर्यात योजना बनाइएको हो । न्यू बुटवल–गोरखपुर न्यू नाममा निर्माण हुने प्रसारण लाइनबाट मस्र्याङ्दी, त्रिशूली र कालीगण्डकी कोरडोरमा उत्पादित विद्युत निर्यात गर्न सकिने अध्ययनले देखाएको छ ।

प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नेपाल–भारत सचिवस्तरीय पाँचौं बैठकले स्वीकृत गरिसकेको छ । अब यसको वित्तीय र निर्माण सम्बन्धी प्रारूप (मोडालिटी) तयार हुन बाँकी छ । यसमा नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले काम गरिरहेका छन् ।

३ कोरिडोरबाट भारत पठाउन सकिने विद्युतमध्ये करिब २ हजार २ सय मेगावाट विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘प्रसारण लाइन निर्माणपछि सुरुका ७ वर्ष नेपालले बुकिङ गर्ने र बाँकी समय भारतले ह्विलिङ चार्ज तिर्नुपर्ने प्राधिकरणको सिफारिस छ,’ उनले भने, ‘यसमा पनि छलफल भइरहेको छ ।’

विद्युत उत्पादनको हिसाबले प्रसारण लाइन सम्भाव्य देखिएको तर वित्तीय मोडालिटी अझै तयार हुन नसकेको अधिकारीको भनाइ छ । प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले दुवै देशका सरकारी निकायको ५०–५० प्रतिशत सेयर हुने विकल्प पनि पेस गरेको छ ।

उक्त मोडालिटीमा निर्माण भए बजारबाट ब्याज लिएर निर्माण नगर्ने तर सेयर स्वामित्वको अनुपातमा आ–आफ्ना सरकारले अनुदान दिने प्रस्ताव पनि राखिएको छ । यसरी निर्माण गर्दा आयोजनाको लागत घट्छ ।

उल्लेखित विषयको टुंगो लगाएर आगामी अगष्ट वा सेप्टेम्बरमा दुवै देशका सचिवस्तरीय बैठकमा पेस गर्ने तयारी छ । डिपिआर अनुसार प्रसारण लाइनको दूरी नेपालतर्फ २० किलोमिटर र भारततर्फ १ सय २० किलोमिटर हुनेछ । यसको संयुक्त लागत करिब ११ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन २५ वर्षसम्मका लागि नेपालले मात्र बुकिङ गरेको छ । यसबापत प्राधिकरणले वार्षिक १ अर्ब ८ करोड रुपैयाँ विद्युत नकिने पनि ह्विलिङ चार्ज तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="