Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुटवल-लुम्बिनी प्रसारण लाइन निर्माण सुस्त, डेढ वर्षमा ४ टावरकाे जग खनियाे

ऊर्जा खबर कार्तिक १, २०७६   1649

खबर



काठमाडौं । १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइनको निर्माण सुस्त गतिमा अघि बढेको छ । २०७५ जेठबाट  सुरु भएको प्रसारण लाइनकाे निर्माणले गति लिन नसकेको हो ।

प्रदेश-५ को रुपेन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बदघाट सुस्ता पूर्व) का उद्योगमा विद्युत सेवा गुणस्तरीय र दिगो बनाउने उदेश्यले निर्माण थालिएकाे प्रसारण लाइनकाे ४० प्रतिशत काम सकिएकाे आयोजना प्रमुख हरि पाण्डेले बताए ।

ad

उनका अनुसार प्रसारण लाइनकाे रुट पर्ने क्षेत्रकाे जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेकाे हाे । नेपाल विद्युत प्राधिकरणले दिएकाे पछिल्लाे तालिकामा सम्पन्न हुने गरी निर्माण तीव्र पार्ने उनले दाबी गरे ।

बुटवलदेखि लुम्बिनीसम्म २० किलोमिटर लामो प्रसारण लाइनमा ५० वटा टावर निर्माण हुनुपर्नेछ । जसमा अहिलेसम्ममा ४ वटा टावरको जग खन्ने काममात्रै सकिएको छ ।

करिब २ किलोमिटर लाइन भूमिगत हुनेछ । प्रसारण लाइनअन्तर्गत बुटवल र मेनहियामा सबस्टेसन निर्माण हुनेछन् । अहिले सबस्टेसनको स्वीचयार्डको जग खन्ने काम भइरहेकाे पाण्डेले बताए ।

प्रसारण लाइन र सबस्टेसन निर्माणको काम चीनको टिबिइए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्त रूपमा गरिरहेका छन् । सबस्टेसन निर्माणकाे काम हाइटेनसन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

२०७७ जेठभित्र सञ्चालन गर्ने तालिका भए पनि प्राधिकरणका कार्यकारी निदेर्शक कुलमान घिसीङले स्थलगत निरीक्षण गरेर आगामी माघभित्र प्रसारण लाइन र सबस्टेसनकाे काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने नेपाल विद्युत प्राधिकरणको दाबी छ । लाइन सञ्चालनमा आएपछि चुहावट घट्नुका साथै प्रसारण क्षमता सुदृढ हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="