Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुटवल र मेनहिया सबस्टेसनको आधा काम सकियो

ऊर्जा खबर बैशाख २७, २०७६   2400

खबर



काठमाडौं– निर्माणधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन अन्तर्गतका २ सबस्टेसन ५० प्रतिशत पूरा भएका छन् । एक वर्षको अवधिमा बुटवल र मनहियामा निर्माण भइरहेका सबस्टेसनको आधा काम सकिएको हो ।

आगामी असोजभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख हरि पाण्डेले बताए । उनका अनुसार २० किलोमिटर लामो प्रसारण लाइनको संरचना निर्माणको काम पनि आगामी जेठबाट सुरु हुँदैछ ।

प्रसारण लाइनको २ किलोमिटर संरचना भूमिगत बनाइनेछ । १८ किलोमिटरमा ५० वटा टावर निर्माण हुने प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको काम चीनको टिबिइए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्तरूपमा गरिरहेका छन् । सबस्टेसन निर्माणको काम हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

२०७७ जेठभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल, लुुम्बिनी क्षेत्रको विद्युत सेवा गुणस्तरीय हुने प्राधिकरणको भनाइ छ । यस प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत प्रवाह हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="