विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रोल्वालिङ आयोजनाका लागि केबलकार बनाउन ३ कम्पनी अन्तिम छनोटमा

ऊर्जा खबर असोज २४, २०७५   3845 खबर


काठमाडौं- २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको पहुँचमार्गका रूपमा निर्माण हुने २.४ किलोमिटर केबलकार बनाउन ३ विदेशी कम्पनी अन्तिम छनोटमा परेका छन् । अष्ट्रियाको डोप्पेलमयर सेइलबह्नेन, स्वीटजरल्यान्डको बार्थोलेट मस्चिनेन्बउ एजी र फ्रान्सको पोमा एसएएस छनोटमा परेका छन् ।

उक्त आयोजना अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेड’ ले आयोजना निर्माण गर्नेछ । ठेक्का पाउने कम्पनीले केबलकार डिजाइन, निर्माण, आपूर्ति, ढुवानी, जडान, परीक्षणलगायत काम गर्नुपर्नेछ । साथै, निर्माणपछि ६ महिना सञ्चालन तथा मर्मतसमेत गर्नुपर्ने सर्त छ ।

ठेकेदार कम्पनीको अन्तिम छनोट गर्न आगामी कात्तिक २२ गते (सेप्टेम्बर ६, २०१८) बैठक बस्ने जनाइएको छ । केबलकार निर्माण गर्न १ लाख १८ हजार अमेरिकी डलरको सीमा तोकिएको छ ।

माथिल्लो तामाकोसीको विद्युतगृह गोंगर छेउ छेदछेदबाट रिकु र सिमी गाउँसम्म केबलकार निर्माण हुनेछ । आयोजना निर्माणक्रममा निर्माण सामग्री, उपकरण ढुवानी र कामदार आउजाउ केबलकारबाटै हुनेछ । छेदछेददेखि करिब ६ सय मिटर उचाइ हुँदै केबलकार निर्माण हुनेछ । आयोजनाको बाँध निर्माणमा आवश्यक ठूला उपकरण भने हेलिकोप्टरबाट ढुवानी गर्ने योजना छ ।

आयोजना निर्माणपछि केबलकार ती गाउँमा आउजाउ गर्ने मार्गका रूपमा प्रयोग हुनेछ । केबलकारकै माध्यमबाट रिकु र सिमी गाउँलाई पर्यटकीयस्थल बनाउन सकिने सम्भावना पनि छ ।

दोलखाको छ्यो रोल्पा हिमतालबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन गरिनेछ । रिकु र सिमी गाउँमा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृहसम्म पानी खसालिनेछ ।

विद्युतगृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुने आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । यसअघि उक्त खोलाबाट ल्याइएको पानी तामाकोसीको जलाशयमा मिसाएर १७ करोड युनिट थप विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।

२२ मेगावाटको विद्युतगृहबाट निस्केको पानी तामाकोसीको जलाशयमा मिसाइनेछ । यसो हुँदा चिलिमेबराबरको आयोजना बन्ने र तामाकोसीमा ऊर्जा समेत थपिनेछ । क्यू४० मा निर्माण हुने आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । २०७५ को मध्यतिर सुरु गरेर ४ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="