Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुँजी बजारमा जलविद्युत क्षेत्रको हिस्सा ७ प्रतिशत

ऊर्जा खबर असोज ०७, २०७६   1653

सेयर



काठमाडौं— आर्थिक विकासको महत्त्वपूर्ण अंगको रूपमा विकास भइरहेको पुँजी बजार (सेयर मार्केट) मा जलविद्युत क्षेत्रको हिस्सा करिब ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुँजी बजारमा यस क्षेत्रको हिस्सा बढिरहेको देखिएको हो ।

राष्ट्र बैंकले मंगलबार (असोज ७ गते) सार्वजनिक गरेको चालू आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ साउन महिनाको तथ्यांकमा पुँजी बजारमा जलविद्युत कम्पनीको हिस्सा ६.९ प्रतिशत उल्लेख छ ।

ad

हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३२ वटा जलविद्युत कम्पनी सञ्चालनमा छन् । तर, पछिल्लो समय बजारमा जलविद्युतको सेयर औसत मूल्यभन्दा पनि तल झरेको छ । कूल कम्पनी मध्ये १९ वटाको सेयर मूल्य सय रुपैयाँभन्दा कम छ ।

यसैगरी, सय रुपैयाँभन्दा बढी वा २ सय रुपैयाँ हाराहारी मूल्य हुने कम्पनी १३ वटा छन् । अप्पर तामाकोसी, चिलिमे हाइड्रो पावर र सानिमा हाइड्रो पावर कम्पनीको सेयर मूल्य २ सय रुपैयाँ वा सोभन्दा माथि रहेकोछ ।

राष्ट्रका अनुसार नेप्सेमा १ सय ५४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका कम्पनी सूचीकृत छन् ।

२०७५ साउनमा सूचीकृत कम्पनीको संख्या १ सय ९६ रहेकोमा चालू आवको साउनमा उक्त संख्या बढेर २ सय १७ पुगेको छ । सूचीकृत कम्पनीहरू मध्ये धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ७७.९ प्रतिशत छ ।

यसैगरी, उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत, होटलको १.७ प्रतिशत र व्यापारिक संस्थाको ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.३ प्रतिशत रहेको छ । नेप्सेमा गत साउनसम्म सूचीकृत ४ अर्ब ३४ करोड कित्ता सेयरको चुक्ता मूल्य ४ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

चालू आवको साउनमा २० अर्ब ६४ करोड रुपैयाँको साधारण तथा २ अर्ब ६७ करोड रुपैयाँको बोनस सेयर र १५ करोड रुपैयाँको डिबेन्चर गरी कूल २३ अर्ब ४६ करोड रुपैयाँको थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासनको अनुमति दिएको छ ।

२०७५ साउनमा १२१०.३ बिन्दुमा रहेको नेप्से सूचकाङ्क १.१ प्रतिशतले बृद्घि भई २०७६ साउनमा १२२४.० बिन्दुमा कायम भएको छ । २०७६ असारमा यस्तो सूचकाङ्क १२५९.० थियो ।

धितोपत्र बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा ७.७ प्रतिशतले बृद्घि भई २०७६ साउनमा १५ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । २०७६ असारमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="