Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बाढीले चाकु खोलाको इन्टेक गेट भत्कायाे, साढे ६ मेगावाट विद्युत प्रणालीबाट विच्छेद

ऊर्जा खबर असार २५, २०७६   2008

जलविद्युत



काठमाडौं- भीषण वर्षापछि आएको बाढीले संरचना भत्काउँदा साढे ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । बाढीले सिन्धुपाल्चोकस्थित चाकु खोला जलविद्युत केन्द्रको मुहान (इन्टेक) को गेट भत्काउँदा शनिबारदेखि उत्पादन बन्द भएको हो ।

३ मेगावाटको चाकु खोलाको बाँध क्षेत्रमा भएको क्षतिले १.८/१.८ मेगावाटका मध्य र तल्लो चाकुको पनि उत्पादन ठप्प भएको केन्द्र व्यवस्थापक सागरमान सिंहले बताए । उनका अनुसार नियमित वर्षा भइरहेकाले पहिरोको उच्च जोखिम रहेको जलविद्युत केन्द्रको संरचनामा थप क्षति पुग्ने सम्भावना छ ।

ad

‘३ वटै विद्युतगृह एउटै बाँधबाट सञ्चालित थिए,’ उनले ऊर्जा खबरसँग भने, ‘ मुख्य मुहान भत्किँदा सबैको उत्पादन प्रभावित भयो ।’  उनले विद्युतगृहमा जडित इलेक्ट्रोमेकानिकल उपकरणमा बाढीले ल्याएको फोहोर लेदो माटो पुगेको छ/छैन भन्ने पुष्टी भइनसकेको बताए ।

बाढीको लेदो पानी उपकरणसम्म पुगेमा क्षति अझै बढ्ने सिंहकाे दाबी छ । वर्षाले भिजेर जमिन कमजोर हुँदा मध्य चाकु नजिकै ३३ केभी प्रसारण लाइनका करिब ६ वटा टावर पनि ढलेका छन् ।

नियमित वर्षा भइरहेकाले संरचना निर्माणको काम तत्काल सुरु गर्न नसकिने जलविद्युत केन्द्रको प्रवर्द्धक लाफिङबुद्ध पावर कम्पनीले जनाएको छ । अहिलेसम्मको प्रारम्भिक अध्ययनले ३० करोड रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको सिंहको भनाइ छ ।

वर्षा कम भएपछि केही दिनमै विज्ञ टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अध्ययन गरेर आर्थिक नोक्सानीको यकिन विवरण तयार गर्नेछ । क्षतिको वास्तविक विवरण आएपछि बीमा रकम दाबी गर्ने प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तल्कालै आयोजना सुचारु गर्ने नगर्ने भन्ने तय भएको छैन ।

हरेक पटक प्राकृतिक प्रकोपको मारमा जलविद्युत केन्द्र परिरहेकाले फेरी पुनर्निर्माण गर्ने कि नगर्ने सम्बन्धमा कम्पनीकाे सञ्चालक समितिले निर्णय गर्ने सिंहले बताए । पुनर्निर्माण भए भदौ अन्त्यबाट मात्रै काम सुरु गर्न सकिने उनको दाबी छ । पुनर्निर्माण सम्पन्न गर्न ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान छ ।

जुरे पहिरो, भूकम्प र त्यपछिका प्रकृतिक प्रकोपले सिन्धुपाल्चोकको भौगोलिक अवस्था कमजोर बनाएकाले पनि वर्षा याम सुरु भएपछि जलविद्युत आयोजनाको संरचनामा क्षति पुगिरहेको सिंहले बताए ।

२०७१ साउनमा जुरे पहिरो आउँदा लामोसाघु सबस्टेसनमा जोडिने ३३ केभी प्रसारण लाइनको टावर ढालेपछि करिब ५ करोड रुपैयाँ बराबरको क्षति कम्पनीलाई भएको थियो । वर्षापछि गएको पहिरोले प्रसारण लाइनको १२ वटा टावर ढालेको थियो । प्रसारण लाइनमा क्षति पुगेपछि ३ वटै विद्युतगृह बन्द भएका थिए । २०७२ सालमा आएको भूकम्पले विद्युतगृहमा क्षति पुर्याउँदा पनि उत्पादन बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="