Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड

ऊर्जा खबर मङि्सर ०१, २०७६   232

खबर



काठमाडौं । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको छ।

ad

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तराष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

यी संस्थाले हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थालाई यो अवार्ड प्रदान गर्ने गर्दछन् ।

यो अवार्ड चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक हेमराज ढकालले बताए । उनका अनुसार अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकको आगमनमा वृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्नेछ ।

चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केवलकार, रिसोर्ट लगायतका विविध एकीकृत पर्यटकीय संरचनाका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने भारतीय पर्यटकको संख्या बढेको बताउँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए ।

उनका अनुसार त्यहाँ अवस्थित भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकका लागि प्रमुख आस्थाको केन्द्रका रुपमा विकसित भइरहेको छ । नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटक प्रायः भालेश्वरमा पनि पुग्ने गरेका उनको भनाई छ ।

काठमाडौैको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा विसं २०७३ मा केवलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचना निर्मित छन् । महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा २ हजार देखि २ हजार ५ सय सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="