Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भारतले बनाइदिएकाे चतरा जलविद्युत रुग्ण बन्दै

भदौ ०, २०७६   1330

उहिलेकाे खबर



काठमाडाैं- भारतीय सहयाेगमा २०५३ सालमा निर्माण भएकाे सुनसरीस्थित ३.२ मेगावाटकाे चतारा जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेकाे छ । विशेषतः सुनसरी र माेरङमा सिँचाइ पुर्याउने लक्ष्यले निर्माण भएकाे आयाेजना २०५५ साल चैत १५ गते सञ्चालन गर्न प्राधिकरणलाई हस्तान्तरण गरिएकाे थियाे ।

जलविद्युत केन्द्रबाट वार्षिक ६ गिगावाट घन्टा (६० लाख युनिट) विद्युत उत्पादन हुने आयाेजना निर्माण गर्न १६ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो । निर्माणपछि मोरङ सुनसरी सिँचाइ आयोजनालाई जलविद्युत केन्द्र सञ्चालन गर्न दिएको थियो । करिब ३ वर्षपछि सञ्चालन गरेर प्राधिकरणलाई हस्तान्तर गरिएको थियो ।

ad

विद्युतगृहमा १.६ मेगावाटका २ वटा युनिट जडान भएका पनि अहिले दोस्रो युनिटबाटमात्रै विद्युत उत्पादन भइरहेको छ । ५ वर्षअघि अर्थात् २०७१ सालमा बिग्रेकाे पहिलो युनिट अहिलेसम्म मर्मत गरिएकाे छैन । पुरानाे विद्युतगृह भएकाे र समयमै मर्मत नगर्दा आयाेजना रुग्ण बन्दै गएकाे छ ।

प्राधिकरणले बन्द भएको युनिट मर्मत गर्न ठेक्का प्रक्रिया सुरु गरेकाे जनाएकाे छ । दोस्रो युनिट पनि गत वर्षमात्र मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । एउटा युनिटमात्रै सञ्चालन हुँदा जडित क्षमताकाे आधा (१.६ मेगावाट) विद्युत उत्पादन भइरहेको छ ।

प्राधिकरणका अनुसार बिग्रिएको युनिट मर्मत पूरा हुन एक वर्ष लाग्नेछ । केन्द्रले आर्थिक वर्ष २०६७/६८ सम्म कूल जडित क्षमताको ०.०७ प्रतिशत विद्युत उत्पादनमा योगदान पुर्याइरहेकाे थियो ।

काेसी नदीकाे पानी विद्युतगृहसँगै निर्माण भएकाे क्यानलबाट सिँचाइका लागि पठाइएकाे छ । ५.३८ मिटर उचाईमा निर्माण भएकाे बाँधबाट ३३ क्यूमेक्स पानी सुनसरी र माेरङका खेतीयाेग्य जमिनमा पठाइएकाे छ । यसबाट त्यस क्षेत्रका करिब ६८ हजार हेक्टरमा सिँचाइ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="