Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चिलिमेले ३ महिनामा साढे २१ करोड खुद नाफा कमायो

कार्तिक २, २०७६   452

खबर



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालू वर्ष (२०७६/७७ ) को ३ महिनामा साढे २१ करोड खुद नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्मको अवधिमा २१ करोड ७० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्ष २०७५/७६ को तुलनामा भने घटेको हो । याे मुनाफा गत वर्षको तुलनामा ८ करोड ८ लाख ६८ हजार रुपैयाँले कम हो ।

ad

यस्तै, रसुवामा सञ्चालित २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट ३५ करोड १०  लाख १ हजार रुपैयाँ आम्दानी भएकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार नाफा सँगै विद्युत उत्पादनबाट हुने आम्दानी पनि गत वर्षको यही अविधकाे तुलनामा घटेको छ । कम्पनीले गत वर्ष ३६ करोड १६ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

युनियन हाइड्रोको खुद नाफा ७० लाख

युनियन हाइड्रो पावर कम्पनीले  ७० लाख ६० हजार खुद नाफा कमाएको छ । कम्पनीले लमजुङमा सञ्चालित ३ मेगावाटकाे मिदिम करापु जलविद्युत केन्द्रकाे विद्युत बिक्रीबाट याे मुनाफा कमाएकाे हाे । कम्पनीले कमाएकाे याे मुनाफा गत साउनदेखि असाेजसम्मकाे हाे ।

गत आव सकिँदा १ करोड ७५ लाख ७४ हजार रुपैयाँ घाटामा रहेको कम्पनी चालू वर्ष सुरुवातमा नाफा कमाउन सफल भएको छ ।

यस्तै, कम्पनीले विद्युत बिक्री गरी २ करोड ४७ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको चौथौ त्रैमासमा ७ करोड १८ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल हाइड्रो डेभलोपरले २ करोड २१ लाख खुद नाफा कमायो

नेपाल हाइड्रो डेभलोपर कम्पनीले २ करोड २१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आवको पहिलो त्रैमासिककाे अवधिमा यो मुनाफा कमाएको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा बढी हो । कम्पनीले गत वर्ष १ करोड ७२ लाख २४ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ४७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३ करोड ४१ लाख ३९ हजार रुपैयाँ आम्दानी भएकाे थियो ।

रिडी हाइड्रोपावरले १ करोड खुद नाफा कमायो

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु वर्षको ३ महिनामा १ करोड ३ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयअवधिको तुलनामा ६ लाख ३१ हजार रुपैयाँले बढी हो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी भने गत वर्षको तुलनामा घटेको छ । कम्पनीको आवको पहिलो त्रैमास सकिँदासम्म विद्युतबिक्रीबाट १ करोड ५१  लाख ६९ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्ष १ करोड ५३ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको थियो ।

युनाईटेड मोदीको खुद नाफा ५ करोड २० लाख

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले ५ करोड २२ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आवको पहिलो त्रैमाससम्मको अवधिमा यो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयअवधिको तुलनामा १ करोड १ लाख ३२ हजार रुपैयाँले बढी हो । कम्पनीले गत वर्ष ४ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट १० करोड ४० लाख २४ हजार रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष १० करोड २९ लाख ९८ हजार रुपैयाँ आम्दानी भएको थियो ।

छ्याङदी हाइड्रोपावरले १ करोड खुद नाफा कमायो

छ्याङदी हाइड्रोपावर कम्पनीले करिब १ करोड ४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी चालुवर्षको ३ महिना अवधिमा यो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यहि समयअवधिको तुलनामा वृद्वि भएको हो । कम्पनीले गत वर्ष ८९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीले विद्युतबिक्रीबाट २ करोड १८ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष २ करोड ३ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="