Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चिलिमेका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने

ऊर्जा खबर कार्तिक १८, २०७६   2058

सेयर



काठमाडौं ।  चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश (१ अर्ब १८ करोड ९५ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ )  वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिकाे साेमबार बसेकाे बैठकले ५ प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाे हाे । चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ रहेको कम्पनीले ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबरकाे बोनस सेयर र २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ  बराबरकाे नगद सेयरधनी सदस्यलाई वितरण गर्नेछ ।

ad

कम्पनीकाे आगामी मंसिर ११ गते हुने २३औं वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सञ्चालक समितिले प्रस्ताव गरेकाे लाभांश सेयरधनीले पाउने छन् ।

कम्पनीले रसुवामा सञ्चालित २२ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्रकाे विद्युत बिक्रीबाट भएकाे आम्दानीबाट सेयर सदस्यलाई लाभंश दिँदै आएकाे छ ।

चिलिमेको सफल निर्माण गरेको कम्पनीका सहायक कम्पनी अन्तर्गत २ सय ७० मेगावाटका ४ आयोजना निर्माणाधीन छन् । ५ सय ८५ मेगावाटका २ आयोजना अहिले अध्ययनको चरणमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="