Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीनले बंगलादेशको विद्युत विकासमा ५ अर्ब अमेरिकी डलर लगानी गर्दै

ऊर्जा खबर असार २५, २०७६   1865

अन्तर्राष्ट्रिय



काठमाडौं– चीनले बंगलादेशको विद्युत विकासमा झन्डै ५ अर्ब अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशकी प्रधानमन्त्री सेख हसिना र उनका समकक्षी लि खछ्याङबीच मंगलबार भएको द्विपक्षीय भेटवार्तापछि उक्त प्रतिबद्धता जनाइएको हो ।

बंगलादेशको प्रसारण तथा वितरण लाइन सुधार तथा स्तरोन्नती गर्न चीन उक्त लगानी गर्न सहमत भएको छ । लगानी सम्बन्धी सम्झौतामा चिनियाँ प्रतिनिधि तथा ढाका विद्युत वितरण कम्पनी (डिपिडिसी) र पावर ग्रिड कम्पनी बंगलादेश (पिजिसिबी) का अधिकारीले हस्ताक्षर गरेका छन् ।

ad

सम्झौता क्रममा डिपिडिसीले एक अर्ब ४० करोड डलर र पिजिसिबीले २ अर्ब ८० करोड डलर सहयोग स्वीकार गरेका छन् । बंगलादेशले आर्थिक र प्राविधिक सहयोगी शीर्षकमा थप ७ करोड अमेरिकी डलर पनि सहयोग पाएको जनाइएको छ ।

चीन–बंगलादेशबीच भएका ५ सम्झौता

१. डिपिडिसी अन्तर्गतको विद्युत प्रणाली विस्तार तथा स्तरोन्नती सम्बन्धी फ्रेमवर्क (छाता) सम्झौता

२. प्रसारण तथा वितरण लाइन विस्तार आयोजनाका लागि चीन सरकारको सहुलियत ऋण लिने

३. विद्युत प्रणाली विस्तार तथा स्तरोन्नती गर्न विशेष प्रकारको ऋण सम्झौता

४. पिजिसिबी अन्तर्गतका प्रसारण नेटवर्क आयोजना विस्तार तथा स्तरोन्नती गर्न फ्रेमवर्क सम्झौता

५. चीन–बंगलादेशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्झौता

इनर्जी बंगलाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="