Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

खोज पत्रकारिता केन्द्र, भ्रम र चरित्र हत्या

माघ ०४, २०७५   2628 लेख


चन्द्रप्रसाद ढकाल

खोज पत्रकारिता केन्द्र (सिआइजे) नेपालमार्फत तयार गरी सञ्चारमाध्यममा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

बुधबार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नलिज्म (आइसिआइजे) सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कही कतैबाट जोडिएको छैन ।

हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन् । हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् । र, हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन् ।

कानुनले दिएका अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरी हाम्रो सार्वजनिक छविमा क्षति पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमा गम्भीर आपत्तिसमेत प्रकट गर्दछौं ।

नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) ले राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रूपमा काम थालेको हो ।

लगत्तै बेलायत लगायत अन्य देशबाट पनि कारोबार गर्न १७ जुन, २००२ मा राष्ट बैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको थियो । यसपछि नेपालीको बाहुल्य रहेका देशमा हामीले विभिन्न ब्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । यसको जानकारी हामीले हाम्रो वेबसाईटमा समेत राखेका छौं ।

यी कम्पनी स्थापना गर्न नेपालबाट लगानी बाहिर लगेको पनि होइन । बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीँ उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स भित्र्याउन थालेका हौं । अवैध च्यानल हुँदै आउने प्रक्रियालाई निरुत्साहित गरेर औपचारिक माध्यामबाट रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहल सम्भवतः कसैले नजरअन्दाज गर्न मिल्दैन ।

सरकार, राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आइएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ । यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ । यसले कूल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ ।  कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सरकारबाट सम्मानित हुँदै आएको छ । आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्स्योरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवल कार, डिस होम सेवासम्म विस्तार भएको छ ।

आइएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो ।

कम्पनी सुरुवात गरेपछि म त्यो कम्पनीको सञ्चालक बनेको हुँ । र, २० जुलाई, २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ । मेरा भाइ हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली हुन् । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायतलगायतका देशमा बसेर आइएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन् । विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्न नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाइ हेमराज ढकाल गैरआवासिय नेपालीको हैसियतमा नेपालीहरू भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् । नेपालको कानुनले गैरआवासीय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन् ।

कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरूको अहिलेको राष्ट्रियता बेलायती हो । उहाँहरूले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनु पर्ने वा गैरकानुनी हुनुनपर्ने हो ।

खोज पत्रकारितामा विख्यात आइसिआइजे जस्तो संस्थाको साझेदारीमा सिआइजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनुनपर्ने हो । यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, यसले गर्ने व्यावसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ । यसरी सबैको पहुँचमा उपलब्ध सूचना गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामी माथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="