Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सरकारले जनताका नाममा १९ जलविद्युत आयोजना च्यापेर बस्ने होइन : विश्व पौडेल

ऊर्जा खबर चैत २८, २०७५   3018

खबर



काठमाडौं– सरकारले अघि बढाएको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ सस्तो लोकप्रियता भन्दै अर्थशास्त्री विश्व पौडेलले यसमा टिप्पणी गरेका छन् । ठूला जलाशय आयोजना तथा प्रसारण लाइन निर्माण गर्नुको साटो सरकारले क्षणिक चर्चाको काममात्र गरेकोप्रति उनले असहमति जनाएका हुन् ।

ad

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको अन्तरक्रियामा अर्थशास्त्री पौडेलले सरकार ठूला जलाशय तथा पूर्वाधार आयोजना निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए । ‘जनताका नाममा १९ जलविद्युत आयोजना च्यापेर बस्नुको कुनै अर्थ थिएन, यो निजी क्षेत्रले गर्दै आएको काम हो,’ उनले भने, ‘सरकारले प्रसारण लाइन नबनेर विद्युत जोडिन नसकेमा ठाउँमा ध्यान दिनुपर्छ ।’

निजी जलविद्युत उत्पादकले आयोजना निर्माणसँगै स्थानीयस्तरमा सेयर निष्कासन गर्दै आएको भन्दै उनले यही माध्यमबाट सर्वसाधारण मालिक बनिरहेको बताए । यस्तो काम निजी क्षेत्रलाई छोडेर सरकार फास्ट ट्र्याक, रेल, उच्च क्षमताका प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने उनको सुझाव थियो ।

ad

सरकारले गत फागुन २ गतेदेखि जनताको जलविद्युत कार्यक्रम सुरु गरेको छ । यसअन्तर्गत ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ को सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । दोस्रो चरणमा सय मेगावाटको तामाकोसी–५ आयोजना छनोट गरिएको थियो ।

सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारीमा रहेको र ‘कार्यक्रम’ मै नपरेका एक सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका दुई सान्जेन पनि घुसाइएको छ । यसबाट सस्तो लोकप्रियताकै लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जबर्जस्ती चर्चा बटुल्ने प्रयास गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="