विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीनका बाँध निर्माणस्थल खतराकाे सूचीमा, उच्च सतर्कता अपनाउन विज्ञहरूकाे सुझाव

बेथ वाकर असोज २५, २०७५ 3746

२०७३ बैशाख २६ गते चीनको दक्षिणपूर्वी प्रदेश फुजियानको ताइनिङ काउन्टीमा निर्माणाधिन एक जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा माथिबाट लेदो र ढुंगासहितको पहिरो आउँदा ३४ कामदारको ज्यान गयो । भारी वर्षाले पहिरो गएको बताइएको थियाे ।

चिनियाँ समाचार सँस्था सिन्हाका अनुसार माथिबाट १०,००० घनमिटर ढुंगा र माटोको लेदो खस्दा प्रायः कामदार बगरको आफ्नो क्याम्पमा सुतिरहेका थिए । विशेष उपकरण र एक्स्काभेटर तथा कुकुरसमेत प्रयोग गरी ६०० उद्धारकर्ताले हराएका मानिसहरू खोजेका थिए । चीनका राष्ट्रपति सि जिनपिङ्ले हराएका मानिसलार्इ जोगाउन अधिकतम प्रयास गर्न आव्हान गरेका थिए ।

यस्ता प्रकोपहरू अक्सर भइरहन्छन् र यिनले चीन र भारतका जलविद्युत आयोजनासँग सम्बन्धित पहिरोहरूका उच्च दरको प्रकाश पार्छन्, इष्ट एङ्लीया विश्वविद्यालयका प्राज्ञ तथा विश्वका अगुवा पहिरो विशेषज्ञमध्ये एक डेभ पेट्लेले घटना लगत्तै आफ्नो ब्लगमा लेखेका थिए ।

सि जिनपिङ्ले स्थानीय अनुगमन सुद्दृढ गर्न र दोहोरो प्रकोप रोकथाम गर्न लुप्त जोखिमहरूको सुरक्षा जाँच गर्न आव्हान गरेका छन् । तर पेट्ले भन्छन्, “यस्तो कुरा पहिले पनि धेरै गरिएको हो, तर प्रभावकारी भएन । दुर्भाग्यवश, पहिरोको प्रवृत्ति जारी नै छ ।”

पेट्लेले लामो समयदेखि, चीन र हिमालय क्षेत्रको अस्थीर पर्वतीय क्षेत्रमा ठुला बाँध निर्माणको बढ्दो प्रवृत्तिले निम्त्याउने जोखिमको ’boutमा सावधानी गर्दै आएका छन् ।

dam accidents china india

उनले बाँध र जलभण्डारसँग सम्बन्धित पहिरोहरूबाट भएको विश्वव्यापी क्षतिको अभिलेख राखेका छन् । सन् २००३ देखि २०१२ सम्ममा ३७ वटा घटनामा ५०० मानिसको मृत्यु भएको थियो । लगभग सबै घटना पूर्वी तथा दक्षिण एसियामा भएका थिए, खास गरी चीन र भारतमा ।

पहिले–पहिले बाँधहरू पहिरोको जोखिम कम हुने उपल्लो क्षेत्रमा बनाइन्थ्यो । तर, अहिले आएर हिमालयका भिराला उपत्यकामा बनाइन्छ । आगामी दुई दशकमा, चीन, नेपाल, भुटान र उत्तरी भारतमा पर्ने यो भेग नै ठूला स्केलका बाँध निर्माणको केन्द्र बन्ने प्रक्षेपण गरिएको छ ।

यस क्षेत्रका देशहरूले योजनामा रहेका सबै परियोजनाहरू निर्माण गरे भने हिमालय क्षेत्र संसारकै उच्च बाँध घनत्व भएको क्षेत्र हुनेछ ।

यो क्षेत्र पहिरो र भूकम्पीय दृष्टिकोणले पनि संसारकै सबैभन्दा जोखिमयुक्त क्षेत्र हो; हिमालय पर्वत आफैँ नै भारतीय र युरोसियन प्लेटहरू ठोक्किएर बनेको थियो र यसको उचाई अझै बढ्दैछ । नेपालमा २०७२ साल बैशाखमा गएको विध्वंशकारी भूकम्प यस क्षेत्रका मानिस र भौतिक पूर्वाधारहरूले सामना गर्न सक्ने जोखिमको पछिल्लो चेतावनी थियो ।

हिमालय क्षेत्रका जोखिमहरूको व्याख्या गर्दै आफ्नो कार्यपत्रमा पेट्ले लेख्छन्ः ‘‘बाँध निर्माणस्थल र वरिपरि पहिरोको जोखिम घटाउन उपयुक्त कदम नचालिए यस्ता परियोजनासँग सम्बन्धित पहिरोहरूले मानवीय र आर्थिक क्षति गरिरहन्छन् । सम्बन्धित क्षेत्रहरूमा जलवायुको कारणले मौसममा हुने परिवर्तन खास गरी अतिवृष्टिले पनि पहिरोको प्रवृत्ति परिवर्तन गर्नेछ । परियोजनाको अवधिभरमा यीमध्ये केही क्षेत्रहरूमा भूकम्पसमेत जान सक्नेछ जसले पहिरोका घटनाहरूमा अझै वृद्धि हुनेछ ।’’

(Source: Dave Petley)

(Source: Dave Petley)

इतिहासको पाठ

पेट्ले लेख्छन्, सन् १९६३मा उत्तरी इटालीको डोलोमाइट्स्मा रहेको भेजन्ट सरोवरको बाँधमा गएको पहिरो नै बाँधसँग सम्बन्धित इतिहासकै सबैभन्दा भयानक प्रकोप थियो । यसमा परि २५०० जनाले ज्यान गुमाएका थिए र एउटा पूरै बस्ती ढुंगै ढुंगाकाे बाँझो बगरमा परिणत भएको थियो ।

त्यसपछिका दिनमा बाँध निर्माण कम्पनीहरूले यस्तो भयानक दुर्घटना रोक्न सफल भएका छन् ; यद्यपि पहिरोले भने पिरोल्न छोडेको छैन ।

परियोजना सञ्चालकहरूले खासगरि परियोजनाको प्रारम्भिक चरणमा प्राचीन पहिरा वा सम्भाव्य नयाँ पहिरा पहिचान गर्न नसक्दा निर्माण अवधिमा विभिन्न पहिरोजन्य दुर्घटना घट्न गर्इ बाँध निर्माण अवधि र लागत बढ्न जान्छ ।

landslides-and-large-dams-12-1024

संसारकै लामो, २,३३५ मिटर लामो चीनको थ्री गोर्जेज बाँध विध्वंशको अर्को प्रमुख स्रोत बनेको छ । बाँध निर्माणको प्रारम्भिक चरणमा, सन् २००३ को जुलाइमा गएको जियानजिङ्पिङ् पहिरोले २४ जनाको ज्यान लिएको थियो । त्यसपछि, सरोवरको जल सतह बढेको हुनाले यसका किनारमा सयौँ अन्य पहिरोहरू गएका छन् जसका कारण थप १ लाख मानिसलाई पुनर्वास गराउन परेको थियो । बाँध निर्माण गर्न कूल १४ लाख मानिसलाई अन्यत्र सारिएको थियो ।

यस्ता घटना धेरैजस्तो मनसुन महिनाका भारी वर्षाको समयमा हुने गर्छन् । गत वर्ष चीनले याङ्त्जे नदीमा यस वर्ष सन् १९९० पछिको सबैभन्दा ठुलो बाढी आउने सम्भावना रहेको बताएको थियो । १९९० को बाढीमा यहाँ ४,००० मानिसले ज्यान गुमाएका थिए ।

द थर्ड पाेल

सम्बन्धित समाचार

चीनमा मागभन्दा अधिक जलविद्युत उत्पादन

चीनमा बजार सुधारबिना जलविद्युत उत्पादनले फाइदा नहुने

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="