body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भारतले बाँध सुरक्षा र पुनर्निर्माणमा साढे ३४ अर्ब खर्च गर्दै

ऊर्जा खबर असोज ०५, २०७५   2337

अन्तर्राष्ट्रिय



काठमाडौं– अन्तर्राष्ट्रियस्तरमा ठूला जलविद्युत आयोजनाका बाँध भत्किने र जनधनको क्षति हुने क्रम बढ्दै गएपछि भारतले यसमा उच्च सतर्कता अपनाउन थालेको छ । बाँध सुरक्षा तथा पुनर्निर्माण तथा सुधार गर्न चालू वर्षमात्र ३४ अर्ब ६६ करोड भारु खर्च गर्ने भएको छ ।

ad

उक्त रकम खर्च गर्नेबारे प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषदबाट स्वीकृतसमेत गराएका छन् । ‘विनियोजित रकमले १ सय ९८ आयोजनाका बाँधमा काम गर्न सकिनेछ,’ कानुन तथा प्रविधि मन्त्री रविशंकर प्रसादले भने, ‘यसमा २६ अर्ब भारु विश्व बैंकले उपलब्ध गराउनेछ ।’

गत महिना केरलामा आएको भीषण बाढीका कारण ३ सय ७० व्यक्तिको ज्यान गएको थियो । यस्तै, ७ लाख ८० हजार व्यक्ति विस्थिापित भएका थिए भने झन्डै ५ अर्ब भारुबराबरको धनमाल नष्ट भएको थियो ।

देशभरि कमजोर बाँध व्यवस्थापनका कारण बस्तीमा बाढी पसेर ठूलो क्षति भएको आलोचना भएपछि सरकारले यसका लागि छुट्टै रकम विनियोजन गरेको हो । मन्त्रिपरिषदले गत जुन महिनामा ‘डयाम सेफ्टी, ऐन’ पारित गरेको थियो ।

ऐनले देशका विभिन्न ठाउँमा निर्मित जलाशयका बाँधको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । भारतमा ५ हजार २ सय ठूला बाँध सञ्चालित छन् । र, ४ सय ५० वटा निर्माणाधीन छन् । साना तथा मझौला बाँधको संख्या हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="