Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गेजुबाले लिएको डाँडागाउँ भेरी खारेज, विभागको वेबसाइटबाट भने हटाइएन

ऊर्जा खबर असार २५, २०७६   1551

जलविद्युत



काठमाडौं– सरकारले डाँडागाउँ खलंगा भेरी १ सय २८ मेगावाटको अध्ययन अनुमतिपत्र लिएको चिनियाँ कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । चाइना गेजुबा ग्रुप कर्पोरेशन (सिजिजिसी) ले दुई वर्षसम्म परिणाम नदेखाएपछि अनुमति खारेज भएको हो ।

सिजिजिसीलाई २०७४ बैशाख १० गते अध्ययन अनुमितपत्र दिइएको थियो । सुरुमा अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष हुन्छ । यस अवधिमा उसको कामको प्रगति हेरेर म्याद थप्ने गरिएको छ ।

ad

अनुमतिपत्र सम्बन्धी निर्देशिका अनुसार गेजुबालाई २०७६ बैशाख ९ गतेसम्मका लागि मात्र अनुमतिपत्र जारी गरिएको थियो । यस अवधिमा उसले तोकिएको परिणाम नदेखाएपछि रद्द गरिएको विद्युत विकास विभागले जानकारी दिएको छ ।

अनुमतिपत्र रद्द गरे पनि आज (बुधबार) सम्म विभागको वेबसाइटबाट भने हटाइएको छैन । नियमअनुसार रद्द भएका अनुमतिपत्र सरकारी बास्केटमा राख्ने गरिएको छ । तर, भेरीको अनुमतिपत्र खारेज भएको एक महिनासम्म गेजुबाकै नाममा छ ।

चिनियाँ कम्पनीले आयोजना निर्माण गर्न गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालि नामको कम्पनी पनि खोलेको छ । यो नेपालमा काम गर्न नसक्ने विवादित चिनियाँ कम्पनी हो । यसका एजेन्टको माथिल्लो तहसम्म राजनीतिक पहुँच भएकाले एकपछि अर्को आयोजनाको अनुमतिपत्र दिने गरिएको छ ।

अनुमितपत्र लिए पनि कम्पनीले ओगट्ने बाहेक अर्को काम गरेको छैन । यही कम्पनीले ३० मेगावाटको चमेलिया ११ वर्षमा पूरा गरेको थियो भने ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ पनि निर्माण गरिरहेको छ ।

भेरी नदी बेसिनमा गेजुबाले ४ सय ४० मेगावाटको भेरी–१ र २ सय ५६ मेगावाटको भेरी–२ को अनुमतिपत्र पनि लिएको छ । भेरी–१ को २०७७ जेठ १४ गते र भेरी–२ को आगामी पुस २३ गतेसम्म अनुमतिपत्रको म्याद छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="