Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणमा डाटा सेन्टर र यसकाे महत्त्व

भदौ २५, २०७६   3210 लेख


रवीन्द्र श्रेष्ठ

जब कम्प्युटर र त्यससँग सम्बन्धित संरचना र प्रविधिको विकास हुँदै गयो यसको उपयोगिताको कारण मानव जीवनमा सहजता मात्र आएन आमुल परिवर्तन हुन थाले । यतिसम्म कि आज मानवजगत नै बिनाप्रविधि जीवनको कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । मानव मस्तिष्कले गर्न असम्भव कुरा सम्भव भएका छन् । जीवनभर गर्न नसक्ने कामहरू प्रबिधि प्रयोगबाट सम्पन्न भएका छन् ।

अर्बौ खर्बौ डाटाहरू आज कम्प्युटरजन्य प्रविधिको प्रयोग गरी जुनसुकै बेला जतासुकै उपलब्ध हुन सम्भव भएको छ । संसारलाई एक अर्कासँग जोडेर हरेक कुराको दूरी शून्यमा आइसकेको छ । यो सबै सम्भव हुनको लागि कम्प्युटर नेटवर्क सञ्जाल, प्रविधि, मोवाइल फोन, कम्प्युटर सँगसँगै सबै प्रकारका डाटालाई सुरक्षित राख्न बनेका डाटा सेन्टरवाट सम्भव भएको हो ।

ad

कुनै पनि सरकारी तथा गैरसरकारी संघ संस्था, कम्पनी, शैक्षिक निकाय या व्यक्तिगत रेकर्डहरुको डिजिटल कपीलाई विकल्पसहितको कम्प्युटर सर्भरमा, उचित नेटवर्क, पावर, कुलिङ, सुरक्षा आदिको बन्दोबस्ति गरी आवश्यकता अनुसार सजिलै उपलब्ध हुने ढाँचामा राख्ने विशेष स्थानलाई नै डाटा सेन्टर भनिन्छ । जहाँ ९९.९८% सम्म सेवा उपब्धताको ग्यारेन्टी, झन्डै सतप्रतिशत डाटा सेफ्टीको ग्यारेन्टी र एकीकृत तथा केन्द्रिकृत रूपमा डाटा भण्डारण गरेर राखिन्छ ।

नेपाल विधुत प्राधिकरणको हकमा हालसम्म कुनै किसिमको डाटा सेन्टर नभएको, पुर्ण केन्द्रिकृत रूपमा सफ्टवयर सञ्चालनमा नरहेको तथा छुट्टाछुट्टै सफ्टवयरलाई फरक-फरक सर्भरहरूमा राखी जेनतेन सञ्चालनमा ल्याइएको अवस्था छ । तर, निकट भविष्यमै स्मार्ट मिटरिङ, अटोमेटिक मिटरिङ इन्फ्रास्ट्रक्चर, जिआइएस,  कर्मचारी व्यबस्थापन तथा अभिलेख, विधुतीय हाजिरी, एकाउन्टिङ, पे-रोल, बिलिङ तथा कलेक्सन साथै इमेल इन्टरनेट र अन्य अफिसियल कागजपत्र आदानप्रदानमा समेत प्रयोग हुने सफ्टवयर सञ्चालन गर्न पनि डाटा सेन्टरबिना असम्भव भइसकेको छ ।

भविष्यमा नेविप्रामा प्रयोगमा आउने पावर जेनेरेसन, ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सिस्टम अटोमेसनको काम होस् या माथि उल्लेखित सफ्टवयरको काम, विद्युत खरिद या बिक्री महत्त्वपूर्ण छ । दशौं हजार कर्मचारीको व्यवस्थापन होस् या प्राधिकरणभित्रका विविध बेथितिको सहज रूपान्तरण सबै काममा डाटा सेन्टरको प्रयोग आर्थिक तथा प्राविधिक हिसाबले महत्त्वपूर्ण प्रमाणित हुने कुरामा दुविधा छैन ।

अतः प्राधिकरणले यिनै कुरालाई मध्यनजर राख्दै हालै मात्र आफ्नै  स्मार्ट इन्टेलिजेन्ट मोडुलर डाटा सेन्टर (Smart Intelligent Modular Data Centre) निर्माण प्रक्रियामा अगाडि बढेको छ । जसले प्राधिकरणको व्यवस्थापन तथा यहाँ कार्यरत इन्जिनियरको वर्षौदेखिको केन्द्रिकृत प्रणाली व्यवस्थापन र अटोमेसनको सपना साकार पार्न अहम् भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

प्राविधिक हिसाबले डाटा सेन्टरका किसिम

१. Conventional Data Centre:- पुरानो सिस्टम, अत्याधिक पावर खपत हुने, जडान खर्च केही कम तर मर्मत खर्च र चालू खर्च धेरै, विश्वसनियताको सवालमा खासै ग्यारेन्टी गर्न नसकिने, आजको अवस्थामा अनुपयुक्त ।

२. Modular Data Centre:- अत्याधुनिक सिस्टम, कम पावर खपत हुने, जडान तथा संचालन खर्च कम लाग्ने, सुरक्षाको हिसाबले विशिष्ट, आवश्यकता अनुसार स्थानान्तर गर्न सकिने तथा सेवा ग्यारेन्टीको व्यवस्था, सेवा खर्च तुलनात्माक रूपमा कम हुने (प्राधिकरणले खरिद गर्न लागेको सिस्टम पनि यहि हो) ।

३. Containerized Data Centre:- आधुनिक सिस्टम, कम पावर खपत हुने, जडान तथा संचालन खर्च कम लाग्ने, तथा सेवा ग्यारेन्टीको व्यवस्था , कन्टेनर हुनाले खुला चौरमा राख्नुपर्ने, सेवा शुल्क तुलानात्मक रुपमा केहि बढी हुने, हाम्रो जस्तो देशमा भौतिक शुरक्षाको हिसावले समेत अनुपयुक्त ।

४. Cloud Data Centre:- अत्याधुनिक सिस्टम, सुरु जडान, सञ्चालन तथा मर्मत खर्च अति धेरै लाग्ने सेवा प्रदायकको अधिनमा हुने हुनाले डाटा शतप्रतिशत सुरक्षित, सेवा ग्यारेन्टीको व्यवस्था, सेवा शुल्क अत्याधिक हुने र  भौतिकरूपमा सेवा प्रदायककोमा राख्नु पर्ने हुनाले अनुपयुक्त ।

प्राधिकरणमा अत्याधुकिन डाटा सेन्टर नै किन ?

१. हालसम्म Payroll, CAIS, Attendance, Payments, HRM, Revenue management System, Automatic Metering Infrastructure, GIS, Email/Internet system, NEA Website, आदि सबै फरक फरक तरिकाले प्रयोगमा ल्याईएको र तत्काल केन्द्रिकृतरूपमा सञ्चालन गर्न ।

२. AMI/GIS/ISP/Smart metering आयोजनाका तथा आईटी विभागद्वारा खरिद गरिएका तथा गर्ने प्रक्रियामा रहेका IT Equipment हरू एकै ठाउँमा प्राविधिक तथा भौतिकरूपमा सुरक्षित राख्न ।

३. International Tier Three Standard डाटा सेन्टर र वैकल्पिक व्यबस्था सहितको Power Supply system उपलब्ध हुने व्यवस्था गर्न ।

४. International Standard को वैकल्पिक व्यबस्था सहितको Precision Cooling System उपलब्ध गराउन ।

५. FFT/Security/Surveillance/Remote Monitoring/SMS/Alarm System आदिको व्यवस्थाको लागि ।

६. सम्रग्र डाटा सेन्टरमा ANSI/TIA 942 Global Standards सहित  982% सेवा सुनिश्चितताको ग्यारेन्टी गर्न ।

७. उल्लेखित सबै सुव्यवस्था भइसकेपछि समग्र प्राधिकरणको आर्थिक, प्रशासनिक, उत्पादन, प्रसारण तथा वितरण प्रणाली लाई Automation मा लैजाने Infrastructure विकास गर्न ।

डाटा रिकभरी सेन्टर किन आवश्यक छ ?

डाटा सेन्टर आफैंमा सम्पूर्ण रूपले विविध वैकल्पिक उपायसहितको संरचनायुक्त भए पनि आकस्मिक रूपमा आइपर्ने दैविप्रकोप, आगलागी, राजनीतिक वा अन्तरदेशीय द्वन्द्व जस्ता समस्यालाई सम्बोधन गर्न तथा डाटाको शतप्रतिशत ग्यारेन्टी गर्न सम्भव हुँदैन । तसर्थ, दैविप्रकोपबाट सुरक्षित रहन भौगोलिक हिसावले फरक भूगोलमा (सुरक्षित महसुस हुने फरक शहरमा) डाटा रिकभरी सेन्टर राख्नु अत्यावश्यक छ ।

जसलाई वैकल्पिक मार्ग सहितको Dark Optical Fiber Connectivity  द्वारा जोडिनुपर्दछ । डाटा रिकभरी सेन्टरले कुनै कारणबस डाटा सेन्टरले काम गर्न नसके छोटो समयभित्रै उक्त क्षेत्रबाटै सेवा सुचारु गर्दछ । र, जब डाटा सेन्टरको मर्मत समाप्त हुन्छ तब पुनः पूर्ववत् सेवा सुरु गर्न कुनै बाधा पर्दैन । आजको युगमा Digital Data को विकल्प Manual, कागजी डाटा कदापि हुन सक्तैन जसको विकल्प भनेको डाटा रिकभरी सेन्टरवाट उपलब्ध हुने Digital Data नै हो ।

डाटा रिकभरी सेन्टरको भूमिका अत्यन्त राम्रोसँग महसुस भए पनि विबिध कारणले प्राधिकरण व्यवस्थापनले हाल डाटा रिकभरी सेन्टरको सट्टा Near Line Data Storage Centre (Data Centre बाट करिब १० कि.मि. को दूरीमा ) मात्र स्थापना गर्न लागेको छ । Data Storage Centre मात्र Backup Data Storage प्रयोजनको लागि हुने भएकाले Data Recovery Centre ले जस्तो वैकल्पिक सेवा सुचारु गर्न सक्दैन फलस्वरूप डाटा सेन्टरको सेवा अवरुद्ध भएपछि सेवा बन्द हुने हुन्छ । र, मर्मत पश्चातमात्र सेवा सुचारु गर्न सकिन्छ । यसर्थ, कथंकदाचित माथि उल्लेखित कारणले लामो समयसम्म डाटा सेन्टर बन्द हुने अवस्था आए Data Storage Centre को भूमिका शून्यप्रायः हुन जान्छ । यदि डाटा सेन्टरको Data Loss भएको अवस्थामा मात्र Data Storage Centre को सदुपयोग गर्न सकिन्छ  ।

डाटा सेन्टर निर्माणपूर्व ध्यान दिनुपर्ने कुराहरू

१. Site Selection and Risk Factors – सेवा अवरुद्ध हुन सक्ने, धेरै खर्चिलो, प्राविधिकरूपमा कठिन काम हुनाले पटक-पटक ठाउँ सार्न सम्भव नहुने हुँदा दीर्घकालीनरूपमा समेत असर नपर्ने र सबै किसिमले सुरक्षित ठाउँ हुन जरुरी छ । डाटा सेन्टरमा प्रयोग हुने सामानको तौल धेरै हुने हुनाले सम्बन्धित Building को Load Bearing Capacity सोही अनुसार मजबुत हुनु आवश्यक छ

२. Geopolitical Ownership Considerations – बेलाबखत हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक असरले हानी नपुग्ने स्थान र भौगोलिकरूपले समेत फरक भूगोलमा डाटा सेन्टर र डाटा रिकभरी सेन्टर बनाउन आवश्यक छ । यसको मतलब एउटै शहरमा डाटा सेन्टर र रिकभरी सेन्टर निर्माण हुनु हुँदैन ।

३. Global/Local Risk Issues – अन्तरास्ट्रिय र राष्ट्रियरूपमा वेलाबखत हुने प्रविधि तथा नियम कानुन फेरबदल र अद्यावधिक हुँदा पर्न जाने असरलाई समेत ख्याल गरी डाटा सेन्टर निर्माण हुन जरुरी छ ।

४. Extended Operation and Autonomy During a Crisis – कुनै कारणबस डाटा सेन्टरमा प्राविधिक या भौतिक क्षति भई सेवा अवरुद्ध भए डाटा रिकभरी सेन्टरवाट सेवा सुचारु हुने भएकोले नेटवर्क तथा अन्य संरचना समान महत्त्वका साथ चुस्त हुन जरुरी छ ।

५. Availability and Cost of Power – भोलिका दिनमा हाम्रो आफ्नै Online Payment Gateway मार्फत Revenue Collection हुने तथा सबै सिस्टम Automation मा सञ्चालन हुँदा चौबीसै घण्टा सातै दिन (२४/७) अनवरत सेवा सुचारु हुने ग्यारेन्टी हुनुपर्दछ ।

डाटा सेन्टरमा मुख्यतः हुने चालू खर्चमध्ये पावर पनि एक भएकाले सकेसम्म कम पावर खर्च हुने व्यवस्था हुनुपर्दछ ।डाटा सेन्टरमा १ घण्टामा १ किलोवाटमात्र पावर जोगाउन सके पनि दीर्घकालीनरूपमा उल्लेख्य मात्रामा आर्थिक लाभ हुन जान्छ ।

६. Qualified Personnel – डाटा सेन्टरको महत्त्वपूर्ण भूमिका भएको कारण यसको डिजाइन, जडान, सञ्चालन तथा मर्मत संभारमा दक्ष र इमान्दार इन्जिनियरको आवश्यकता हुन्छ ।

७. Support Issues for Equipment – अत्याधुनिक डाटा सेन्टरका Equipment हरु धेरै महँगो हुने, प्राविधिक Support लगायत अन्य कुरा नेपालमा तुरुन्त र सजिलै उपलब्ध नहुने हुनाले यथासम्भव यसके सम्बेधन गर्ने किसिमले डाटा सेन्टर निर्माण हुनुपर्दछ ।

८. Expected and Unexpected Conditions – अन्य अवस्थामा खासै समस्या नआउने भए पनि दैविप्रकोप, भवितब्य, राजनीतिक परिवर्तन जस्ता अकस्मात सिर्जना हुनसक्ने खतरा तथा प्रविधिबिना कुनै काम हुन नसक्ने हाम्रो यथार्थ भएकाले अत्यन्त खराब परिस्थितिमा समेत सेवा सुचारु गर्न सकिने गरि डाटा सेन्टर निर्माण हुनु पर्दछ ।

अन्तमा

म एउटा आइटी इन्जिनियरका हैसियतले भोलिको प्राधिकरणको यस्तो सिस्टमको परिकल्पना गर्न सक्छु, जहाँ अत्याधुनिक विद्युत उत्पादन केन्द्रको सञ्चालन, अटोकन्ट्रोल तथा अनुगमन इन्ट्रानेटमार्फत केन्द्रीय कार्यालय/भार प्रेशण केन्द्रबाटै सम्भव हुनेछ । हाम्रा ट्रान्समिसन लाइन तथा कन्ट्रोल ग्रिडहरू Automatic Fault Detection/Correction System सहित Remote Control System मा चलाइनेछन् ।

सारा देशभर प्राधिकरणाका कार्यालय आफ्नै अप्टिकल फाइबरबाट जोडिनेछन् । पावर डिस्ट्रिब्युसन सिस्टम समेत Automatic Fault Detection/Correction System सहित Remote Control र हरेक फल्टको सूचना दिने प्रविधिबाट सञ्चालित हुनेछन । मिटर रिडिङ, बिलिङ, कलेक्सन, नो-लाइट  सबै काम कम्प्युटरद्वारा नै गरिनेछ ।

कार्यालयका चिठीपत्र, दर्ता चलानी, कर्मचारी व्यवस्थापन, विद्युतीय हाजिरी,  सरुवा बढुवा, पेमेन्ट सम्पूर्ण काम केन्द्रिकृतरूपमा आफ्नै डाटा सेन्टरमार्फत सञ्चालन हुनेछ । त्यो समयमा १ घण्टा मात्र हाम्रो सेवा अवरुद्ध हुँदा प्राधिकरणलाई पर्ने आर्थिक असर तथा मानसिक तनावको कल्पना समेत गर्न सकिँदैन । यसर्थ, भोलिका दिनमा हुन सक्ने सम्भावित सबै खाले चुनौती सामना गर्न सक्ने गरी डाटा सेन्टर निर्माण हुनु जरुरी छ ।

(श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका उप-प्रबन्धक हुन्)

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="