Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डेडिकेटेड फिडरको महसुल समायोजन हुने, आयोगमा प्रस्ताव लैजाँदै प्राधिकरण

ऊर्जा खबर कार्तिक १७, २०७६   2261

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूला उद्योग तथा अस्पताललाई दिँदै आएको डेडिकेटेड फिडरको विद्युत महसुल समायोजन गर्ने भएको छ । लोडसेडिङ अन्त्य भइसकेकाले डेडिकेटेड फिडरबाट वितरण हुने विद्युतको नयाँ महसुल निर्धारण गर्न लागिएको हो ।

प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड फिडरको महसुल समायोजन गर्ने प्रस्ताव विद्युत नियमन आयोगमा पठाउने निर्णय गरेको शनिबारकाे बैठकमा सहभागी एक सदस्यले बताए । ती सदस्यका अनुसार प्राधिकरणले पेश गर्ने प्रस्ताव आयोगबाट पारित  भएपछि डेडिकेटेड फिडरको नयाँ महसुल निर्धारण हुनेछ ।

ad

माग अनुसारको विद्युत आपूर्ति व्यवस्थापनमा समस्या नरहेकाले महसुल समायाेजन गरेर डेडिकेटेड फिडर हटाउने तयारी प्राधिकरणले गरेकाे उनले बताए ।अब डेडिकेटेड फिडरबाट विद्युत सेवा लिने उद्योग तथा अस्पतालले साधारण फिडरको तुलनामा १५ देखि २० प्रतिशत बढी शुल्क तिर्नु पर्ने गरी महसुल निर्धारणकाे प्रस्ताव आयोगमा पठाउने तयारी भइरहेकाे प्राधिकरण स्रोतले जनाएको छ ।

अहिले डेडिकेटेड फिडरबाट विद्युत सेवा लिने ग्राहकले साधारण फिडरको तुलनामा डेड गुणा बढी महसुल तिर्नुपर्ने व्यवस्था छ । लोडसेडिङ अन्त्यपछि डेडिकेटेड लाइनको सेवा शुल्क चर्को भएको भन्दै उद्योगी व्यावसायीले विरोध जनाउँदै आएका छन् । देशभरमा उद्योग र अस्पताल गरी प्राधिकरणका करिब २ सय ३१ ग्राहकले डेडिकेटेड फिडरको विद्युत सेवा लिँदै आएका छन् ।

यस्तै, डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब रुपैयाँ बराबरको बाँकी बक्यौता उठाउने निर्णय पनि भएकाे छ । अदालतले उद्योगीको रिट निवेदन खारेज गरेकाले बाँकी बक्यौता उठाउन सम्बन्धित वितरण केन्द्रहरुलाई निर्देशन दिने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणको वितरण प्रणालीबाट डेडिकेटेड र ट्रंक लाइनमार्फत २ सय ९८ ग्राहकले विद्युत सेवा लिइरहेका छन् । जसमा उद्योगी, व्यवसासी, सरकारी अस्पताल, सामुदायिक खानेपानी एवं सिँचाइ वर्गका ग्राहक छन् । दैनिक १४ घन्टासम्मको लोडसेडिङका बेला प्राधिकरणले उद्योग तथा अस्पताललाई दैनिक २० घन्टाबढी नियमित विद्युत आपूर्ति हुने गरी डेडिकेटेड फिडरबाट विद्युत सेवा दिएकाे थियो ।

प्राधिकरणले यी वर्गका ग्राहकलाई प्रिमियमसहितको बिल पठाएपछि केही उद्योगी अदालत गएका थिए । पाटन र तुलसीपुर उच्च अदालतकाे बुटवल इजलासमा उद्याेगीले दर्ता गरेकाे रिट खारेज भइसकेकाे छ ।

केहीले प्रिमियम शुल्क हटाउन प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । प्राधिकरणले देशभरका उद्योगलाई डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत दिँदै आएको छ । डेडिकेटेड फिडरबाट विद्युत सेवा लिन चाहने उद्योग वा ग्राहकले प्राधिकरण नजिकको सबस्टेसनबाट आफ्नै खर्चमा लाइन तानेर लैजानुपर्छ । ११ केभीदेखि ३३ केभी भोल्टेजसम्म यस्तो व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="